FLASH NEWS
  • Loading...

५८ मेगावाटको तिम्ल्याङ कालीगण्डकी आयोजना निर्माण हुँदै

  • पुनहिल डट कम
  • २ साल अघि
  • ३३० पटक पढिएको
५८ मेगावाटको तिम्ल्याङ कालीगण्डकी आयोजना निर्माण हुँदै

म्याग्दीको अन्नपूर्ण गाउपालिका १, २, ५, ६ र ७  तथा रघुगंगा गाउपालिका १ तिप्ल्याङमा ५८ मेगावाट क्षमताको तिम्ल्याङ कालीगण्डकी जलविद्युत आयोजना निर्माण हुने भएको छ। तिम्ल्याङ कालीगण्डकी  हाइड्रोपावर प्रालीले आयोजना निर्माण गर्न लागेको हो।

विद्युत विकास विभागले बुधबार एक सुचना निकालेर प्रस्तावित आयोजना निर्माण तथा संचालन गर्दा उल्लेखनीय प्रतिकुल असर पर्ने भएमा ३५ दिनभित्र लिखित राय सुझाव दिन सकिने उल्लेख छ। अायाेजना बेनी–जाेमसाेम सडक अायाेजनासँगै सुरूङबनाइ निर्माण हुने छ ।

यो आयोजना नदी प्रवाहमा आधारित (आरओआर) हो। जसको जडित क्षमता ५८ मेगावाट रहनेछ। यसको डिजाइन वहाव ५४ घनमिटर प्रतिसेकेण्ड र कुल हेड (ग्रस हेड) १३३.१ मीटर रहनेछ। 

आयोजनाबाट बार्षिक सरदर ३३५.३७ गिगावाट घण्टा विद्युतीय ऊर्जा उत्पादन हुनेछ। आयोजनाको मुख्य संरचनाहरु कालीगण्डकी खोलाको बायाँ किनारमा पर्दछन्। हेडवर्क्स  अन्नपूर्ण गाउपालिका २ ठुलाेबगर र ६ राताेपानीमा पर्छ।

कालीगण्डकी खोलामा प्रस्तावित हेडवर्क्सभन्दा तल्लो तटीय क्षेत्रमा जीवजन्तु,जलचर तथा बोटविरुवाका लागि वातावरणीय प्रभाव मुल्याङकन प्रतिवेदन अनुसार कालीगण्डकी खोलामा मासिक बहावको १० प्रतिशत खोलामा अविछिन्न रुपमा छोड्नुपर्नेछ।

उत्पादित विद्युतलाइ करिव १३ किमी लम्बाइको प्रसारणलाइन मार्फत प्रस्तावित ३३/१३२/२२० केभी दाना सवस्टेशन मार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिने छ। यो आयोजनाबाट ४८ महिना विद्युत निकाल्ने लक्ष्य छ।