FLASH NEWS
  • Loading...

८३ बर्षिय स्पेनी बृद्ध धवलागिरी हिमाल चढ्दै

  • पुनहिल डट कम
  • २ साल अघि
  • ३३५ पटक पढिएको
८३ बर्षिय स्पेनी बृद्ध धवलागिरी हिमाल चढ्दै

स्पेनका ८३ वर्षिय बृद्ध स्पेनी पर्वतारोही कार्लोस सोरिया फोन्टेन (Carlos Soria Fontan) धवलागिरी प्रथम (८१६७मी.) आरोहण गर्न अाधार शिविर पुगेका छन ।

कार्लोस सोमबार हेलिकोप्टरबाट वेश क्याम्प ओर्लेको पनि उनको आरोहण सहयोगी सेभेन समिट ट्रेक्सले जनाएको छ । सन २०२१ सेप्टेम्बर १४ तारेखमा पनि कार्लोस धवलागिरीको ७ हजार १ सय मिटर उचाईको तेस्रो क्याम्प फिक्स गरेपछि धवलागिरीको मौषम अचानक विग्रेपछि आरोहण त्यागेर फर्केका थिए ।
संसारका जेठा पर्वतारोहीलाई धवलागिरी अरोहण गराउन लागेको सेभेन समिट ट्रेक्सले जनाएको छ। अहिले धवलागिरी आरोहण क्रममा रहेका कार्लोसले यस अघि आफ्नो ६०–८२ बर्ष उमेरमा नेपालका सगरमाथा, चोयु, मकालु, मनास्लु, लोत्से, कन्चनजंगा, अन्नपूर्ण समेत ८ हजार मिटर अग्ला १२ वटा हिमालको अरोहण गरी विश्व रेर्कड राखेका छन । * फाेटाे ः कार्लाेसकाे फेसबुकबाट