FLASH NEWS
  • Loading...

नयाँ भर्ना वैशाखमै गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • पुनहिल डट कम
  • २ साल अघि
  • २१२ पटक पढिएको
नयाँ भर्ना वैशाखमै गर्न शिक्षा मन्त्रालयको निर्देशन

शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयले नयाँ शैक्षिक सत्रका लागि विद्यार्थी भर्ना अभियान वैशाख महिनामै सञ्चालन गर्न सबै स्थानीय तह र विद्यालयहरुलाई निर्देशन दिएको छ।

मन्त्रालयको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले कार्यतालिकासहित विद्यार्थी भर्ना कार्यक्रम सञ्चालन गर्न निर्देशन दिएको हो।

‘व्यवस्थापन समितिको बैठकबाट नै निर्णय गराई कार्यतालिकासहित विद्यार्थी भर्ना कार्यक्रम २०७९ वैशाख महिनामा नै सञ्चालन गर्ने,’ केन्द्रले जारी गरेको सूचनामा उल्लेख छ।

विकास केन्द्रका प्रवक्ता डिल्ली लुइँटेलले नयाँ भर्नाका लागि रेडियो, एफएमलगायत माध्यामबाट प्रचारप्रसार गर्न पनि स्थानीय तह र विद्यालयलाई आग्रह गरेको जानकारी दिए।

‘आफ्नो क्षेत्रभित्र सञ्चालित सामुदायिक अध्ययन केन्द्रहरुलाई विद्यालय बाहिर रहेका बालबालिकाहरूको लगत संकलन,भर्नाको समय स्थान सबै मिलाउन पनि भनेका छौँ,’उनले भने,‘भर्ना गराएपछि सबै तथ्यांक उनीहरुले हामीलाई दिनुपर्छ।’

पठनपाठन भने जेठ १ बाट थाल्न यसअघि नै शिक्षा मन्त्रालयले निर्देशन दिइसकेको छ।