FLASH NEWS
  • Loading...

अन्नपूर्ण हिमालमा आरोहण आर्कषण वढ्दै

  • पुनहिल डट कम
  • २ साल अघि
  • २५८ पटक पढिएको
अन्नपूर्ण हिमालमा आरोहण आर्कषण वढ्दै

स्थानीयको सकृयतामा वेस क्याम्पसम्म पुग्ने पदमार्ग सहज बनेपछि मौरिस हर्जोग पदमार्गहुँदै अन्नपूर्ण प्रथम (८०९१ मी) हिमाल आरोहणमा पर्वतारोहीको आर्कषण बढ्दै गएको छ ।
यस यस वर्षको वसन्तयाममा सगरमाथापछि अन्नपूर्ण प्रथममा चार वटा समुह आरोह गर्न पुगेको छ । म्याग्दीमै पर्ने अर्को धौलागिरी (८ हजार १ सय ६७ मी) हिमाल आरोहणकालागी तीन समुह वेस क्याम्प पुगेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागका अनुसार सन २०२२ को वसन्तयामकालागी सगरमाथा, अन्नपूर्ण, धौलागिरी, ल्होत्से, आमादब्लम समेतका हिमालमा २२ टिमका ३७ महिला र १ सय १६ पुरुष गरी १ सय ५३ वटा समुहले आरोहण अनुमति पाएका छन । आरोहण अनुमति लिने दिनै थपिएका छन ।
अन्नपूर्ण प्रथम आरोहण गर्न अहिले सेभेन समिटका ११ जना, डोल्मा ट्रेक्सका १ जना, ८के ट्रेक्सका ७ जना, ट्रेकिङ क्याम्पबाट ९ जना आरोही वेस क्याम्प पुगेको सेभेन सेमिटका स्थानीय ब्यवस्थापक इन्द्रसिं शेरचनले बताए । त्यस्तै धौलागिरी प्रथम आरोहणकालागी सेभेन समिटका १, इमेजिङ ट्रेक्सका १ र ८के ट्रेेक्सबाट १ टोली आधार शिविर पुगेको छ ।