FLASH NEWS
  • Loading...

साहित्यकार अभि सुवेदी र क्रिकेटर मल्ललाइ ‘प्रतिभा सम्मान’

  • पुनहिल डट कम
  • २ साल अघि
  • २९७ पटक पढिएको
साहित्यकार अभि सुवेदी र क्रिकेटर मल्ललाइ ‘प्रतिभा सम्मान’

|????????????????????????????????????

साहित्यकार प्राध्यापक डा. अभि सुवेदी पोखरामा ‘प्रतिभा विशेष व्यक्तित्व सम्मान’बाट सम्मानित भएका छन् ।

पोखरा नदीपुर स्थित प्रतिभा माध्यमिक विद्यालयले बर्षेनी प्रदान गर्दै आएको ‘प्रतिभा वर्ष सम्मान’ कार्यक्रम अन्तर्गत यस वर्ष सुबेदीलाई ‘प्रतिभा विशेष व्यक्तित्व सम्मान–२०७८’बाट सम्मान गरिएको हो ।
यसै, नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान ज्ञानेन्द्र मल्ललाई ‘प्रतिभा वर्ष सम्मान– २०७८’ बाट सम्मान गरिएको छ ।
प्रा.डा. सुवेदीले झण्डै ६० वर्षदेखि कला र साहित्य तथा शैक्षिक क्षेत्रमा पु¥याएको योगदानको कदर स्वरुप सम्मान गरिएको विद्यालयले जनाएको छ । नेपाली तथा अङ्ग्रेजी भाषामा कविता रचना, साहित्य समीक्षा र नाटक लेखन गर्दै आएका छन् । 
क्रिकेट खेलमा पु¥याएको विशिष्ट योगदानको कदर स्वरुप मल्ललाई सम्मान गरिएको विद्यालयले जनाएको छ । यसअघि, युवा क्रिकेटर सन्दीप लामिछाने, राष्ट्रिय भलिबलकी कप्तान अरुणा शाहीलाई खेल क्षेत्रमा पु¥याएको योगदानको कदर गरी जनही १ लाख राशीसहित सम्मान गरिसकिएको छ ।

एचआइभी संक्रमित भएर पनि सबैको प्रेरणाका श्रोत बनेका सगरमाथा आरोही गोपाल श्रेष्ठलाई पनि विद्यालयले सम्मान गरिसकेको छ ।

विद्यालयले सोहि विद्यालयकी छात्रा सीमा केसीलाई ‘प्रतिभा रत्न सम्मान–२०७८’बाट सम्मान गरेको छ । ‘वल्र्ड इकोनोमिक कप’ मा काश्य पदक जितेकी उनलाई विद्यालयले ‘प्रतिभा रत्न सम्मान–२०७८’ बाट सम्मान गरेको हो ।

यस्तै, नेशनल ईकोनोमिक्स ओलम्पियाडमा गण्डकी प्रदेशबाट छनौट हुन सफल कुमार बराललाई पनि सम्मान गरेको छ ।