FLASH NEWS
  • Loading...

एमबीबीएसको प्रवेश परीक्षा दिने नक्कली परीक्षार्थी पक्राउ

  • पुनहिल डट कम
  • ३ साल अघि
  • ४३९ पटक पढिएको
एमबीबीएसको प्रवेश परीक्षा दिने नक्कली परीक्षार्थी पक्राउ

‘नक्कली परीक्षार्थी सहभागी हुन सक्छन् उच्च सतर्क भएर बस्नू’ भन्ने सूचना आयो । चिकित्सा शिक्षा आयोगले लिइरहेको स्नातक तहको एकीकृत प्रवेश परीक्षामा नक्कली परीक्षार्थी सहभागी हुन लागेको सूचना महानगरीय अपराध महाशाखालाई पुगेको थियो ।

सोही आधारमा अपराध महाशाखाको टोली परिचालित भयो । १८ चैतमा भएको पहिलो दिनको परीक्षा अनुगमनका लागि महाशाखाको टोली खटियो । प्रहरी टोलीले विशेष सूचनाको आधारमा ‘अप्रेशन इको’ सञ्चालन गर्‍यो । उपत्यकाका विभिन्न परीक्षा केन्द्रमा पुगेको टोलीले पाँचजना नक्कली परीक्षार्थीलाई नियन्त्रणमा लियो । सीसीआरसी कलेज, एम्बिसन कलेज र ग्रामर स्कुल परीक्षा केन्द्रबाट प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको थियो ।

पक्राउ पर्नेमा २२ वर्षीय अमर पण्डित, २२ वर्षीय अनिकेत चौधरी, २६ वर्षीय राम आशिष यादव, २४ वर्षीय इस्तियाक अहमद र २३ वर्षीय सन्नी कुमार शाह छन् ।

अमर पण्डित महोत्तरी घर भई किस्ट कलेजमा एमबीबीएस प्रथम वर्षमा अध्ययनरत विद्यार्थी हुन् । उनले धनुषाका २१ वर्षीय वृकेश यादवको नामबाट सीसीआरसी कलेज कुमारीपाटी ललितपुरबाट परीक्षा दिन लागेका थिए ।

त्यस्तै अनिकेत चौधरी सर्लाही घर भई किस्ट कलेजमै एमबीबीएस प्रथम वर्षमा अध्ययनरत छन् । उनले धनुषाकै २२ वर्षीय आजिवकुमार यादवको नामबाट सीसीआरसी कलेज परीक्षा केन्द्रबाटै परीक्षा दिइरहेका थिए ।

सप्तरी घर भई किस्ट कलेजमा एमबीबीए तेस्रो वर्षमा अध्ययनतर रामआशिष यादवले रूपन्देहीका २० वर्षीय स्मित सिंहको नामबाट ग्रामर स्कुल कोटेश्वर परीक्षा केन्द्रबाट परीक्षा दिइसकेका थिए । परीक्षा दिइसकेपछि विशेष सूचनाको आधारमा महाशाखाको टोलीले उनलाई नियन्त्रणमा लिएको थियो ।

भारतको बिहार घर भएका इस्तियाक अहमदले महोत्तरीका २३ वर्षीय सन्नीकुमार शाहको नामबाट एम्बिसन कलेज मध्यबानेश्वरबाट परीक्षा दिइरहेका थिए । परीक्षा दिइरहेकै अवस्थामा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

महोत्तरी घर भएका सन्नीकुमार शाहले इस्तियाक अहमदलाई आफ्नो नाममा परीक्षा दिन लगाएका थिए । परीक्षा दिन लगाई परीक्षा केन्द्र बाहिर बसेको अवस्थामा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।

फ्रि स्कोलरसिपमा एमबीबीएस पढिरहेका तर, आर्थिक अवस्था कमजोर भएका जेहेनदार विद्यार्थीहरूलाई आर्थिक प्रलोभनमा पारेर परीक्षा दिन लगाएको खुल्न आएको अपराध महाशाखाका प्रवक्ता एसएसपी कृष्णप्रसाद भट्टराईले जानकारी दिए । परीक्षा दिएबापत दुई लाख देखि १८ लाख रुपैयाँसम्म रकम दिने प्रलोभन देखाएर ५० हजारदेखि दुई लाख रुपैयाँसम्म अग्रिम भुक्तानी गरेको समेत पाइएको उनको भनाइ छ ।

सक्कली परीक्षार्थीको विवरणमा नक्कली परीक्षार्थीको फोटो टाँसी फारम भराएको उनको भनाइ छ । परीक्षा प्रयोजनका लागि सक्कली परीक्षार्थीको नागरिकता विवरणमा समेत नक्कली परीक्षार्थीको फोटो टाँसेर प्रथम प्रतिलिपि उल्लेख गरी नक्कली नागरिकतासमेत बनाएको पाइएको उनले बताए ।

उनीहरूले सकेसम्म नक्कली परीक्षार्थी चयन गर्दा सकभर मिल्दो(जुल्दो अनुहार भएको व्यक्तिलाई सक्कली परीक्षार्थीको विवरणमा नक्कली परीक्षार्थीको फोटो टाँसी फारमसमेत भरेका थिए । भारतीय मूलका परीक्षार्थीलाई समेत आर्थिक प्रलोभनमा पारेर प्रयोग गरेको पाइएको उनको भनाइ छ ।

‘चिनेजानेका साथीभाइमार्फत कसले राम्रो परीक्षा दिनसक्छ भनेर मान्छे खोज्ने, आर्थिक अवस्था कमजोर भएका, पास गरिदिनसक्ने, तिनलाई आर्थिक प्रलोभन पार्ने, यसमा छात्रवृत्तिमा नाम निस्कियो भने यति दिन्छु भन्ने हिसाबले प्रलोभनमा पारेर त्यही व्यक्तिमार्फत जाँच दिन लगाउने खालको देखियो,’ प्रवक्ता कोइरालाले भने ।
पक्राउ परेको रामआशिष यादवको आज परीक्षा दिनेको सूचीमा समेत नाम थियो । ‘उनी पक्राउ नपरेको भए आज पनि नक्कली परीक्षार्थी बनेर दुईजनाको परीक्षा दिइसकेका हुनथिए,’ प्रवक्ता कोइरालाले भने ।

पैसा दिँदा उनीहरूले फ्रि स्कोलरसिप, पेइङ र जस्ट पास गरेर तीन भागमा वर्गीकरण गरेका थिए । सोही आधारमा फ्रि स्कोलरसिपका लागि नाम निकालिदिएको खण्डमा १८ लाख पैसा दिने गरेर कुरा भएको थियो । *डिसीनेपालबाट

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल