- Loading...
विश्वकपको उद्घाटन खेलमा आयोजक कतार र इक्वेडर भिड्ने
- पुनहिल डट कम
- २ साल अघि
- ४२९ पटक पढिएको

आगामी नोभेम्बर २१ देखि डिसेम्बर १८ सम्म हुने फिफा विश्वकप २०२२ को उदघाटन खेलमा कतार र इक्वेडर भिड्ने भएका छन् ।
फिफाले सार्वजानिक गरे अनुसार कतारमा हुने विश्वकपको खेल तालिका सार्वजानिक भएको छ ।
अल बायत फुटबल रंगशालामा नोभेम्बर २१ मा कतारले इक्वेडरको सामना गर्दै छ । समुह ए मा कतार इक्वेडरसंगै सेनेगल र नेदरल्याण्ड रहेका छन् ।
विश्वकपका लागि ड्र समारोह अन्तरगत समुह समूह बीमा इंग्ल्यान्ड, इरान, अमेरिका र युरोपेली प्लेअफको विजेता (वेल्स÷युक्रेन÷स्कटल्यान्ड) मध्येको एक हुनेछन् ।
समूह सीमा अर्जेन्टिना, साउदी अरेबिया, मेक्सिको, पोल्यान्ड रहेका छन् । समूह डीमा फ्रान्स, डेनमार्क, ट्युनिसिया, प्लेअफ १ को विजेता (अष्ट्रेलिया÷युएई÷पेरु) रहेका छन् ।
समूह ई मा स्पेन, जर्मनी, जापान, प्लेअफ २ विजेता (कोस्टारिका÷न्युजिल्यान्ड) मध्ये एक । समूह एफ मा बेल्जियम, मोरक्को, क्रोएसिया, क्यानडा । समूह जी मा ब्राजिल, सर्बिया, स्विटजरल्यान्ड, क्यामरुन र समूह एच मा पोर्चुगल, उरुग्वे, दक्षिण कोरिया र घाना रहेका छन् ।
डिसेम्बर २ सम्म समुह चरणका खेलहरु हुनेछन् भने डिसेम्बर ३ देखी ६ सम्म राउन्ड अफ १६ का खेल हुनेछन् । डिसेम्बर ७ र ८ मा कुनै खेल हुनेछैनन् । डिसेम्बर ९ र १० मा क्वाटरफाइनलका खेलहरु हुनेछन् ।
यस्तै डिसेम्बर १३ र १४ मा सेमिफाइनल समिकरण पुरा हुनेछ भने डिसेम्बर १७ मा तेस्रो स्थानको खेल हुनेछ भने डिसेम्बर १८ मा फाइनल खेल हुनेछ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
