FLASH NEWS
  • Loading...

अरुणा शाही र घनश्यामलाई मनोरन्जन रमण शर्मा अवार्ड

  • पुनहिल डट कम
  • २ साल अघि
  • ४७५ पटक पढिएको
अरुणा शाही र घनश्यामलाई मनोरन्जन रमण शर्मा अवार्ड

राष्ट्रिय महिला भलिबल टिमकी कप्तान अरुणा शाही र घनश्याम चौधरीले मनोरन्जन रमण शर्मा अवार्ड प्राप्त गरेका छन् ।

नेपाल भलिबल संघका अध्यक्ष समेत रहेका मनोरन्जन रमण शर्माले स्थापना गरेको अवार्ड पुरुषतर्फ घनश्याम र महिलातर्फ अरुणालाई प्रदान गरिएको हो ।

अवार्डसँगै अरुणा र घनश्यामले समान ४०/४० हजार नगद प्राप्त गरे ।

अवार्ड कार्यक्रममा अध्यक्ष शर्मा र राष्ट्रिय बाणिज्य बैंकका सिईओ किरण श्रेष्ठलेले उनीहरुलाई नगद प्रदान गरेका थिए।

अरुणाको कप्तानीमा नेपालले गत पुसमा बंगलादेशमा भएको एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कपको उपाधि जितेको थियो ।

घनश्याम गण्डकी प्रदेशबाट खेल्दै आएका छन् ।

भलिबल नेपालको राष्ट्रिय खेल घोषणा भएपछि शर्माले १० लाखको अक्षय कोष स्थापना गरेका थिए । त्यस अक्षय कोषबाट आएको ब्याज रकमलाई शर्माले अवार्डको नाममा एक पुरुष र एक महिला खेलाडीलाई प्रदान गर्दै आईरहेका छन् ।