FLASH NEWS
  • Loading...

विश्वकपको उद्घाटन खेलमा आयोजक कतार र इक्वेडर भिड्ने

  • पुनहिल डट कम
  • १ साल अघि
  • २५४ पटक पढिएको
विश्वकपको उद्घाटन खेलमा आयोजक कतार र इक्वेडर भिड्ने

आगामी नोभेम्बर २१ देखि डिसेम्बर १८ सम्म हुने फिफा विश्वकप २०२२ को उदघाटन खेलमा कतार र इक्वेडर भिड्ने भएका छन् ।
फिफाले सार्वजानिक गरे अनुसार कतारमा हुने विश्वकपको खेल तालिका सार्वजानिक भएको छ ।

अल बायत फुटबल रंगशालामा नोभेम्बर २१ मा कतारले इक्वेडरको सामना गर्दै छ । समुह ए मा कतार इक्वेडरसंगै सेनेगल र नेदरल्याण्ड रहेका छन् ।

विश्वकपका लागि ड्र समारोह अन्तरगत समुह समूह बीमा इंग्ल्यान्ड, इरान, अमेरिका र युरोपेली प्लेअफको विजेता (वेल्स÷युक्रेन÷स्कटल्यान्ड) मध्येको एक हुनेछन् ।

समूह सीमा अर्जेन्टिना, साउदी अरेबिया, मेक्सिको, पोल्यान्ड रहेका छन् । समूह डीमा फ्रान्स, डेनमार्क, ट्युनिसिया, प्लेअफ १ को विजेता (अष्ट्रेलिया÷युएई÷पेरु) रहेका छन् ।

समूह ई मा स्पेन, जर्मनी, जापान, प्लेअफ २ विजेता (कोस्टारिका÷न्युजिल्यान्ड) मध्ये एक । समूह एफ मा बेल्जियम, मोरक्को, क्रोएसिया, क्यानडा । समूह जी मा ब्राजिल, सर्बिया, स्विटजरल्यान्ड, क्यामरुन र समूह एच मा पोर्चुगल, उरुग्वे, दक्षिण कोरिया र घाना रहेका छन् । 

डिसेम्बर २ सम्म समुह चरणका खेलहरु हुनेछन् भने डिसेम्बर ३ देखी ६ सम्म राउन्ड अफ १६ का खेल हुनेछन् । डिसेम्बर ७ र ८ मा कुनै खेल हुनेछैनन् । डिसेम्बर ९ र १० मा क्वाटरफाइनलका खेलहरु हुनेछन् ।

यस्तै डिसेम्बर १३ र १४ मा सेमिफाइनल समिकरण पुरा हुनेछ भने डिसेम्बर १७ मा तेस्रो स्थानको खेल हुनेछ भने डिसेम्बर १८ मा फाइनल खेल हुनेछ ।