- Loading...
सगरमाथापछि अन्नपूर्णमा आरोहीकाे अाकर्षण
- पुनहिल डट कम
- २ साल अघि
- ४७१ पटक पढिएको

सन् २०२२ को वसन्तयाममा सगरमाथापछि अन्नपूर्ण हिमालमा अाराेही समुह अाएकाे छ । यस सिजनमा सगरमाथा, अन्नपूर्णसमेतका हिमाल अाराेहणा गर्न २२ आरोही समूहले आरोहण अनुमति पाएका छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागका अनुसार ३१ मार्चसम्म सर्वोच्च शिखर सगरमाथा (८८४८.८६ मि) आरोहणका लागि पाँच समूहले अनुमति लिएका छन् । अन्नपूर्ण (८०९१ मि) आरोहणका लागि चार, अमादब्लम (६८१४ मि) मा एक, ल्होत्से (८५१६ मि) मा एक, कञ्चनजङ्घा (८५८६ मि) मा एक, धौलागिरि (८१६७ मि) आरोहणका लागि एक आरोही समूहले आरोहण अनुमति लिएका छन् ।
त्यसैगरी मिलुङ्ग चुलीका लागि दुई, नुप्सेका लागि दुई, भेम्दोङ्ग, गङ्गापुर्न र थापा पिकका लागि समान एक समूहले आरोहण अनुमति लिएको विभागको पर्वतारोहण शाखाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । सबै हिमाल तथा पिक गरेर २२ टिमका ३७ महिला र ११६ पुरुष गरी कूल १५३ आरोही आरोहणमा निस्किएका हुन् । ति हिमाल तथा पिक आरोहणबाट पाँच करोड ६१ लाख ४४ हजार ५५० रोयल्टी जम्मा भएको पनि विभागले जनाएको छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
