FLASH NEWS
  • Loading...

हिमालय बचाउ, नदी जोगाउँ अभियान

  • पुनहिल डट कम
  • १ साल अघि
  • २३९ पटक पढिएको
हिमालय बचाउ, नदी जोगाउँ अभियान

मानवअधिकार तथा शान्ति समाजले ‘हिमालय बचाउँ, नदी जोगाउ’ अभियान सञ्चालन गरेको छ ।

गोरखाबाट बिहिबार शुरु भएको अभियान अन्तरगत शुक्रबार म्याग्दीको बेनी, बागलुङ र पर्वतको कुश्मामा सन्देशमुलक र्याली र कोणसभा गरेकाे छ। जलवायु परिवर्तन, विश्वव्यापी उष्णताबारे सचेतना जगाउन अभियान समाजले जनाएकाे छ । 

बेनीको बिरेन्द्रचोकबाट शुरु भई संगमचोकमा पुगेर कोणसभामा परिणत भएको कार्यक्रमलाई सम्बोधन गर्दै समाजका संस्थापक सभापति कृष्ण पहाडीले सम्बाेधन गरेका थिए ।

मुस्ताङको जोमसोम, मुक्तिनाथ, कोरला नाका पुग्ने अभियानको टोली फर्किएर स्याङ्जा, पाल्पा, गुल्मी, अर्घाखाँची, तौलिहवा, भैरहवा, सुनवल, वर्दघाट, गैडाकोट हुदै चैत २५ गते चितवनमा समापन गरिने बताइएकाे छ ।