FLASH NEWS
  • Loading...

रघुगंगामा एमालेबाट अध्यक्षमा दीपक कार्की र उपाध्यक्षमा यामकुमारी गर्वुजा सर्वसम्मत उम्मेदवार

  • पुनहिल डट कम
  • २ साल अघि
  • २६८ पटक पढिएको
रघुगंगामा एमालेबाट अध्यक्षमा दीपक कार्की र उपाध्यक्षमा यामकुमारी गर्वुजा सर्वसम्मत उम्मेदवार

आसन्न स्थानीय तह निर्वाचनमा एमालेले रघुगंगा गाउँपालिका अध्यक्षमा दीपक (प्रेमबहादुर) कार्की र उपाध्यक्षमा यामकुमारी गर्वुजालाई सर्वसम्मत उम्मेदवार घोषणा गरेको छ ।
एमाले रघुगंगा गाउँपालिका कमिटिको वैठकले कार्की र गर्वुजालाई अध्यक्ष तथा उपाध्यक्षमा सर्वसम्मत उम्मेदवार बनाउने निर्णय गरेको एमाले अध्यक्ष देवेन्द्रबहादुर केसीले बताए ।
एमालेले रघुगंगा गाउँपालिका, वडा नं १ बेगमा धनबहादुर गर्वुजा, २ भगवतीमा अमृत भण्डारी, ३ पिप्लेमा खिमबहादुर शाही ४, दग्नाममा तेजु शेर्पुन्जा, ५ झिंमा इन्द्रमान थजाली, ६ पाखापानीमा शम्सेर पाईजा र ७ मा रीम पाईजालाई वडाध्यक्ष उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको छ ।