FLASH NEWS
  • Loading...

यी हुन, म्याग्दीमा एमालेबाट वडाध्यक्षका उम्मेदवारहरू

  • पुनहिल डट कम
  • २ साल अघि
  • २१७ पटक पढिएको
यी हुन, म्याग्दीमा एमालेबाट वडाध्यक्षका उम्मेदवारहरू

अासन्न स्थानीय तह निर्वाचनका लागि  एमाले म्याग्दीले धवलागिरी गापा, १ र ७ मा बाहेक ४३ वटा वडामा वडाध्यक्ष टुङ्गाे लगाएकाे छ ।  एमालेबाट वडाध्यक्ष पदका उम्मेदवारहरूकाे नामावली

बेनी नगरपालिका ः

टेकबहादुर थापा (१), डम्बरबहादुर सापकोटा (२), गेमबहादुर घर्तीमगर (३), देवेन्द्रबहादुर बानियाँ (४),  गोविन्द बानियाँ (५), कृष्णसिङ बानियाँ (६), राजेन्द्रकुमार श्रेष्ठ (७), उत्तमकुमार कर्माचार्य (८), मनबहादुर खड्का (९) र  मसबिर रोका (१०) रहेका छन । 

अन्नपूर्ण गाउँपालिका ः 

दिलिपकुमार पूर्जा (१), श्याम राना (२), रमेश पुन (३), तेजबहादुर गुरुङ (४), बिसन राना (५), भक्तबहादुर खड्का (६), मैलन पूर्जा पुन (७) र  खमबहादुर गर्बुजा (८) छन ।  

रघुगंगा गाउँपालिका ः

यामबहादुुर गर्बुजा (१),  अमृत भण्डारी (२), खिमबहादुर शाही (३), ईन्द्रबहादुर थजाली (४), तेजु शेरपुञ्जा (५), समशेर पाईजा (६), रिम पुन (७) र तेजिन फगामी (८) वडाध्यक्ष उम्मेदवार बन्दै छन ।  

मंगला गाउँपालिका ः 

एकजित रोका (१),  धनबहादुर खाती (२), कविन्द्र रोका (३), लक्ष्मी बुढाथोकी (४) र भूपेन्द्रबहादुर केसी (५) रहेका छन । एमालेले मंगला–४, बराङ्जाको वडाध्यक्षमा लक्ष्मी बुढाथाेकी जिल्लामै एक्ली महिला उम्मेदवार बन्दैछिन । 

मालिका गाउँपालिका ः 

बुद्धिबहादुर पुन (१), उदयकुमार बुढाथोकी (२), मनबहादुर बुढा (३), गोपाल कँडेल (४), कुलबहादुर घर्ती (५), पथबहादुर रोका (६) र टकबहादुर पुन (७) वडाध्यक्ष पदको सर्वसम्मत उम्मेदवार बनेका छन् ।

धवलागिरी गाउँपालिका ः 

अकबहादुर विक (२), मदन मल्ल (३), यामबहादुर घर्ती (४), तिलकबहादुर छन्त्याल (५), राजाराम उपाध्याय (६) वडाध्यक्ष उम्मेदवार बनेका छन । १ र ७ मा  उम्मेदवार टुङ्गो नलागेकाे एमाले जिल्ला सचिव सुरत केसीले बताए ।

त्यसैगरी पालिका प्रमुख, उपप्रमुखमध्य अन्नपूर्ण गापा प्रमुखमा भरत पुन र उपप्रमुखमा दिवाकुमारी तिलिजा पुन उम्मेदवार घाेषणा गरिएकाे छ । रघुगंगा गापा प्रमुखमा प्रेमबहादुर कार्की र उप्रमुखमा यामकुमारी गर्बुजा उम्मेदवार बन्दै छन । मंगलामा सतप्रसाद रोका पुनःउम्मेदवार बन्दै छन । मालिका गापामा बेगप्रसाद गर्बुजा प्रमुखमा उठ्ने भएका छन । मालिका र मंगला गापामा एमालेले नाम टुङ्गाे लगाएकाे छैन ।

त्यस्तै, बेनी नगरपालिका र धवलागिरी गाउँपालिकाको प्रमुख र उपप्रमुखमा  उम्मेदवार टुङ्ग्याउन बाँकी रहेको एमालेले जनाएको छ ।