FLASH NEWS
  • Loading...

म्याग्दीमा पनि भत्कियो गठवन्धन, बेनी नगरमा माओवादीले छुट्टै उम्मेदवार घोषणा

  • पुनहिल डट कम
  • २ साल अघि
  • २९१ पटक पढिएको
म्याग्दीमा पनि भत्कियो गठवन्धन, बेनी नगरमा माओवादीले छुट्टै उम्मेदवार घोषणा

सत्तारुढ ५ दलिय गठवन्धनको केन्द्रले स्थानीय तहसम्मै चुनावी गठवन्धन गर्ने प्रयास असफल भएको छ ।
नेपाली काँग्रेसका स्थानीय कार्यकताले माओवादी केन्द्र र समाजवादी पार्टीलाई मतदाता नभएका भन्दै एक पक्षिय रुपममा उम्मेदवार घोषणा गरेपछि सत्तारुढ दलहरुको चुनावी गठवन्धन प्रयास असफल भएको हो ।
गठवन्धन प्रयास टुटेपछि आईतवार माओवादी केन्द्र म्याग्दीले बेनी नगरपालिकाको मेयर र उपमेयरमा आफ्ना उम्मेदवार घोषणा गरेको छ । माओवादी केन्द्र बेनी नगर कमिटिको बैठकले नगरप्रमुखमा शेरबहादुर केसी र धनलाल जैसी र उपप्रमुखमा ज्योती लामिछाने पौडेलको नाम प्रदेश कमिटिमा सिफारिस गरेको हो । माओवादी केन्द्र बेनी नगर कमिटीका अध्यक्ष रहेका शेरबहादुर केसीले नगरपालिकाको निर्वाचनमा प्रतिस्पर्धा गर्न आफुसँग पुँजी नभएको बताएपछि पार्टीले राजधानीमा रहेका वैदेशीक रोजगार ब्यवसायी जैसीलाई बोलाएको थियो । केसीको नाम शिफारिस सामाजिक मर्यादा कायम गर्न गरिएको भनिएको छ ।
सत्ता साझेदार पााच दलीय गठबन्धनको प्रमुख घटक काँग्रेसले शुक्रबार बेनी नगरप्रमुखमा चिरञ्जिवी शर्मालाई उम्मेदवार घोषणा गरेपछि विच्किएको माकेले आफ्ना तर्फबाट पनि उम्मेदवारी घोषणा गरेको हो । यद्यिपी सत्ता गठवन्धनको प्रमुख घटक काँग्रेसले एक पक्षिय रुपममा मालिका गाउापालिका प्रमुखमा श्रीप्रसाद रोकाको नाम सार्वजनिक गरेपनि मालिका गापामा माओवादी केन्द्रले अझै रेशम जुग्जालीको नाम भने अझै सार्वजनिक गर्न आाटेको छैन ।
त्यसैविच काँग्रेसले बेनी नगरपालिकाको उपप्रमुखमा नाम शिफारिस गर्न नसकेको बेला माओवादीले भने एक पाईला अगाडी सरेर ज्योति लामिछानेको नाम शिफारिस गरेको छ । काँग्रेससाग चुनावी गठवन्धन हुँदा पनि लामिछाने उपप्रमुखमा उठ्ने चर्चा थियो । ०७४ सालको नगरपालिका निर्वाचनमा पनि काँग्रेससँग गठबन्धन गरी उपप्रमुख लडेकी लामिछाने केही मतान्तरले पराजित भएकी थिईन । *तस्वीर ः सन्ताेष गाैतम