FLASH NEWS
  • Loading...

महिलालाई प्रमुख पदमा उम्मेदवार बनाउन दलहरु संकिर्ण

  • पुनहिल डट कम
  • २ साल अघि
  • ३६९ पटक पढिएको
Post Thumbnail

प्रमुख प्रतिपक्षी एमालेले जिल्लाका बेनी नगरपालिका र धवलागिरी गाउँपालिका बाहेक अन्य स्थानीय तहको प्रमुख पदमा उम्मेदवार टुङ्गो लगाएको छ । तर संविधानमा समानुपातिक समावेशीको सिद्धान्त अनुसार ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गरिएको भएपनि महिला अधिकारको चर्को कुरा गर्ने एमाले पनि प्रमुख पदमा महिलालाई उम्मेदवार बनाउन संकिर्ण देखिएको छ ।
पालिका अध्यक्षमा मात्र होईन, जिल्लाका सवै वडाध्यक्षमा पनि एक जना पनि महिलालाई उम्मेदवारी बनाउने संभावना देखिएको छैन । घोषित सवै वडामा एक जना पनि महिलाको नाम छैन । पुरुष जत्तिकै र अझ बढी सक्षम महिला उम्मेदवार भएपनि पार्टी नेतृत्वमा रहेको संकिर्ण सोंचका कारण महिलालाई प्रमुख पदमा स्वीकार गर्न नसकिएको हो ।
आसन्न स्थानीय तहमा अध्यक्ष पदमा आकांक्षा देखाएका र शसक्त दावेदार प्रस्तुत गरेका अन्नपूर्ण गापाकी हेमकुमारी पुन र मालिका गापाकी खरमायाँ विटालुलाई पुरुषवादी संस्कार, संस्कृतिबाट मुक्त हुन नसकेका एमाले कार्यकर्ताले रिङ आउट गरेका छन । त्यस्तै स्थानीय तहको पहिलो निर्वाचनमा गाउँपालिका प्रमुख जित्ने र जिल्लामा उल्लेख्य काम गरेकी धवलागिरी गाउँपालिका प्रमख थमसरा पुनलाई पुरुषवादी एमाले कार्यकर्ताले घेरावन्दी जारी छ । महिला नेतृहरुलाई निरुत्साही बनाउेक्रम जारी छ ।
मालिका गाउँपालिका उपाध्यक्ष भै सफल जिम्मेवारी पुरा गरेकी र अहिले अध्यक्ष पदकी आकांक्षी महिला तथा दलित समुदायकी खरमायाँ विटालुलाई पनी एमालेले पुरुष हैकम कायम गर्दै किनारा लगाएसँगै महिला र दलित समुदाय प्रति हेर्ने एमालेको ब्यवहार संकिर्ण भएको टिप्पणी गर्न थालिएको छ ।
‘महिला जनप्रतिनिधीहरुले पालिकाको भुमिका र पार्टी संगठनमा पुर्याएको योगदानको तथ्यपूर्ण र नैतिकताको कसीमा राखेर मुल्याङकन गरेन । महिला र दलितलाई नेतृत्वमा स्वीकार गर्न एमाले भित्रको सामन्ती संस्कारले तयार भएन’ एक महिला नेतृले भनिन, ‘पार्टीको शिद्धान्तमा मात्र होईन, नेता, कार्यकर्ताको ब्यवहार उल्टो देखियो ।’
प्रतिपक्षी एमालेमा मात्र होईन, सत्तारुढ गठवन्धनमा पनि पालिका प्रमुख पदमा महिला उम्मेदवार बनाउन संकिर्ण देखिएका छन ।
सत्ता गठवन्धनका काँग्रेस, माओवादी केन्द्र र समाजवादीका पालिका प्रमुख, उपप्रमुख र वडाध्यक्षमा संभावित र चर्चामा रहेका नामहरुमा कहिं पनि महिलाको नाम छैन । काँग्रेसलाई पुरातनवादी पार्टी भन्ने माओवादी केन्द्रले पनि आफ्ना कुनै पनि उम्मेदवार महिलाको नाम अगाडी सारेको छैन
दलहरुको प्रतिवद्धता विपरित स्थानीय तह निर्वाचनमा महिलाहरुको उम्मेदवारी संकिर्ण भएको भन्दै महिलाहरुले दलका नेतृत्व पुरानो सोंचबाट माथी उठ्न नसकेको आरोप लगाएका छन । उनीहरुले राजनैतिक ब्यवस्था परिवर्तन भएपनि महिलालाई हेर्ने दृष्टिकोणमा परिवर्तन नआएका कारण प्रतिस्पर्धात्मक राजनितीबाट बञ्चित गराइएको बताएका छन ।