FLASH NEWS
  • Loading...

छन्त्याल संघमा नयाँ नेतृत्व चयनको लागि मतदान सुरू

  • पुनहिल डट कम
  • २ साल अघि
  • २५६ पटक पढिएको
छन्त्याल संघमा नयाँ नेतृत्व चयनको लागि मतदान सुरू

नेपाल छन्त्याल संघको नयाँ नेतृत्वको लागि मतदान सुरु भएको छ ।

जिल्ला समन्वय समितिको सभा हलमा आइतबार दिउँसो देखि मतदान सुरु भएको हो । अध्यक्ष ,वरिष्ठ उपाध्यक्ष र तीन खुल्ला सदस्यहरु मतदानबाट चयन हुने निर्वाचन समिति संयोजक चित्र घरब्जा छन्त्यालले बताए। अध्यक्ष पदमा वर्तमान अध्यक्ष मनमोहन बुढाथोकी छन्त्याल र गजेन्द्र छन्त्यालले विच प्रतिस्पर्धा छ ।

त्यस्तै वरिष्ठ उपाध्यक्ष पदमा मनमाया छन्त्याल ,देवप्रसाद छन्त्याल र पदम छन्त्याल प्रतिस्पर्धा छ । निर्वाचनमा विभिन्न जिल्लाबाट आएका तीन सय ८५ मतदाताले भाग लिनेछन् । साँझ सम्म मतदान सकिने निर्वाचन समितिले जनाएको छ ।

महाधिवेशनले आगामी कार्यकालको लागि अध्यक्ष ,वरिष्ठ उपाध्यक्ष , पाँच उपाध्यक्ष ,महासचिव र उपमहासचिव एक-एक, सचिव एक, कोषाध्यक्ष एक, सह–कोषाध्यक्ष एक लगायत ३२ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गर्ने गर्दैछ ।