FLASH NEWS
  • Loading...

चिमखोले काइँलाद्धारा पिएन क्याम्पसलाई प्रोजेक्टर हस्तान्तरण

  • पुनहिल डट कम
  • २ साल अघि
  • २१६ पटक पढिएको
चिमखोले काइँलाद्धारा पिएन क्याम्पसलाई प्रोजेक्टर हस्तान्तरण

म्याग्दीको रघुगंगा गाउँपालिका ७ चिमखोलामा जन्म भई कामको शिलशिलामा वेलायत पुगेका दुधबहादुर पुन (चिमखोले काइँला) चिमखोले पृथ्वीनारायण क्याम्पस नेपाली विभागलाई पुस्तक तथा प्रोजेक्टर हस्तान्तरण गरेका छन् ।

लेखक, गीतकार, निर्देशक तथा कवि समेत रहेका चिमखोले काइँलाले चिमखोले काँइला अक्षयकोष मार्फत विभिन्न ८ विधाका एक दर्जन पुस्तक हस्तान्तरणका साथै प्रोजेक्टर प्रदान गरेका हुन् ।

आफुले एसएलसी पश्चात पृथ्वीनारायण क्याम्पसमा पढ्ने इच्छा हुदाँहुदैँ पनि पढ्न नपाएकाे र पढ्ने धाेकाे रहेकाे क्याम्पसलाइ सहयाेग गर्न पाएकाेमा खुशी लागेकाे पुनले बताए । 

उनले म्याग्दी जिल्ला शिक्षाको हिसाबले निकै पछि परेको तर, आफुमा पढ्ने रहर भएकाले विदेशमा गएर पनि जागिरको साथै शिक्षालाई समेत अघि बढाएको सुनाए । उनले आफु पढ्न नपाएपनि पढ्न चाहेको क्याम्पसमा सहयोग गर्न पाउँदा निकै खुसी लागेको बताए । *तस्वीर ः ढाेरपाटनबाट