FLASH NEWS
  • Loading...

खोलो तरेपछि लौरो विर्सनु हुँदैन– गृह मन्त्री खाँड

  • पुनहिल डट कम
  • २ साल अघि
  • २८७ पटक पढिएको
खोलो तरेपछि लौरो विर्सनु हुँदैन– गृह मन्त्री खाँड

गृहमन्त्री खाँडले खोलो तरेपछि लौरो नर्विसन नेता/कार्यकर्तालाई आग्रह गरेका छन । आसन्न स्थानीय तह निर्वाचनमा गठवन्धन नगर्न कार्यकर्ताले दवाव दिईरहेको वेला गृहमन्त्री खाँडले स्थानीय तह निर्वाचनमा गठवन्धन बनाएर जानु पर्ने बताए ।
‘जसको सहयोग र सहकार्यको जगमा सरकारमा छौं । खोलो तरेपछि लौरो विर्सनु हुँदैन । स्थानीय तहमा पाँच दलिय गठवन्धन कायम रहन्छ । गठवन्धन नतोड्नु’ शुक्रवार नेपाल छन्त्याल संघको सातौं जिल्ला अधिवेशन उद्घाटन गर्न बेनी आइपुगेको गृहमन्त्री खाँडले बेनी स्थित काँग्रेस कार्यालयमा कार्यकर्तालाई साम्बोधन गर्दै भने, ‘स्थानीय निर्वाचनमा मात्र होईन प्रदेशर संघको निर्वाचन पछिपनि संसदको अङ्क गणित फेरवदल नहुँदासम्म सहकार्य र गठवन्धन रहन्छ ।’
कार्यकर्ता भेटघाट कार्यक्रममा मन्त्री खाँडसँग गठवन्धन गर्दा स्थानीय तहले स्वीकार गर्ने हुनु पर्ने बताएका थिए ।