FLASH NEWS
  • Loading...

कांग्रेस मालिका गाउँसमितीले अध्यक्षमा श्रीप्रसादलाइ दाेहाेर्याउने निर्णय, गठवन्धनमा धक्का

  • पुनहिल डट कम
  • २ साल अघि
  • २१३ पटक पढिएको
कांग्रेस मालिका गाउँसमितीले अध्यक्षमा श्रीप्रसादलाइ दाेहाेर्याउने निर्णय, गठवन्धनमा धक्का

कांग्रेस मालिका गाउँपालिका समितकाे शुक्रबार बसेको बैठकले अासन्न स्थानीय तहको निर्वाचनमा श्रीप्रसाद रोकालाई अध्यक्षमा दाेहाेर्याउने निर्णय गरेको छ । याे निर्णय एक प्रकारकाे संभावित गठवन्धन विरूद्धकाे विद्राेह मानिएकाे छ ।

काँग्रेस मालिका समितिकाे निर्णयले गठवन्धनमा धक्का पुग्ने भएकाे छ । गठवन्धनकाे मुख्य घटक माअाेवादी केन्द्रले मालिका गाउँपालिका अध्यक्षमा अाफ्नाे दावीलाइ वटम लाइन बनाउँदै अाएकाे थियाे । काँग्रेस जिल्ला र केन्द्रले हस्तक्षेप गर्ने त्रासले काँग्रेस पालिका समितले हतारमा उम्मेदवारी घाेषणा गरेकाे हाे । 

माअाेवादी केन्द्रका जिल्ला संयाेजक रेशम जुग्जालीले मालिका गापा अध्यक्ष पार्टीकाे जिल्लामा चुनावी गठवन्धनकाे अाधार भएकाे बताएका िथय । काँग्रेसका उम्मेदवार बनेका श्रीप्रसाद राेकाले अध्यक्ष पद माअाेवादीलाइ दिए विद्राेह गर्ने बताएका थिए ।