FLASH NEWS
  • Loading...

एमालेलाइ बेनी नगरमा नगरप्रमुख तथा उपप्रमुखकाे नाम टुङ्ग्याउन सकस, चार-चार जनाकाे नाम शिफारिस

  • पुनहिल डट कम
  • २ साल अघि
  • ३०९ पटक पढिएको
एमालेलाइ बेनी नगरमा नगरप्रमुख तथा उपप्रमुखकाे नाम टुङ्ग्याउन सकस, चार-चार जनाकाे नाम शिफारिस

आसन्न स्थानीय तहको निर्वाचनमा बेनी नगरपालिकाको नगरप्रमुख तथा उपप्रमुख पदमा सर्वसम्मत गर्न नसकेपछि नेकपा एमालेले चार–चार जना आकाँक्षीहरुको नाम जिल्ला कमिटीमा सिफारिस गर्ने भएकाे छ ।

मंगलबार बसेकाे नगर कमिटीको बैठकले नगर प्रमुखमा प्रमोद श्रेष्ठ, सन्तोष रावल, सुरज केसी र नारायण जिसीको नाम पठाएकाे छ ।

त्यस्तै उपप्रमुखमा पशुपति शाही, बिष्णु गुरुङ, भावना पौडेल, र गौरी थापा मगरको नाम सिफारिस गरिएको एमाले जिल्ला सचिव सुरत केसीले बताए । 

अाकांक्षीहरूकाे चर्काे दवाव रहेकाेले जिल्ला कमिटीले पनि नाम टुङ्ग्याउने संभावना झिनाे रहेकाेले जिल्ला कमिटीको बैशाख २ गते बैठकले नाम प्रदेशमा पठाउने संभावना छ ।