FLASH NEWS
  • Loading...

रुस-युक्रेन वार्ता सकारात्मक : रुसले किभबाट सेना हटाउने

  • पुनहिल डट कम
  • ३ साल अघि
  • ४७४ पटक पढिएको
रुस-युक्रेन वार्ता सकारात्मक : रुसले किभबाट सेना हटाउने

टर्कीको इस्तानबुलमा रुस र युक्रेनबीच वार्तापछि रुसले उत्तरी युक्रेन र राजधानी किभनजिकै सैन्य गतिविधि कम गर्ने जनाएको छ । रुसी रक्षामन्त्री अलेक्जेन्डर फोमिनले यसबारे जानकारी दिएका छन् । वार्तामा सहभागी प्रतिनिधिहरूले इस्तानबुल वार्ता सकारात्मक रहेको प्रतिक्रिया दिएका छन् ।

रुसी रक्षामन्त्री फोमिनले भने वार्ता व्यावहारिक रुपमा अघि बढेको भन्दै किभ र चेर्नेगिभ क्षेत्रमा सैन्य गतिविधि घटाउने निर्णय गरिएको उल्लेख गरेका हुन् ।

यस्तै वार्ताका मध्यस्थकर्ता एवं रुसी प्रतिनिधिमण्डलका संयोजक भ्लादिमिर मेडेन्सकीले वार्तामा अर्थपूर्ण छलफल भएको बताएका छन् । साथै युक्रेनी प्रस्ताव रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसमक्ष राखिने उनले जानकारी दिए । उनले इस्तानबुल वार्तालाई पहिलो वार्तापछिकै सबैभन्दा अर्थपूर्ण उपलब्धि भएको प्रतिक्रिया दिएका छन्।

रुसी प्रतिनिधिमण्डलले रचनात्मक रुपमा वार्ता अघि बढेको बताएका प्रतिक्रिया दिएका छन् । साथै वार्तामा आएका प्रस्तावमाथि समीक्षा गरिने उनीहरूले बताए ।

वार्तामा सहभागी अधिकांश प्रतिनिधिहरूले यसलाई सकारात्मक उपलब्धिको रुपमा लिएका छन् । उनीहरूले इस्तानबुलको मंगलबारको वार्तालाई उल्लेखनीय उपलब्धिको रुपमा व्याख्या गरे ।

युक्रेनका केही प्रतिनिधिहरूले भने अहिलेसम्म युद्धविराम भइनसकेको भन्दै केही मुद्दा अझै थाती रहेको बताएका छन् । धेरै मुद्दा अझै समाधान हुन बाँकी नै रहेको उनीहरूको भनाइ छ । साथै क्रिमियाबारे अलग्गै वार्ता आवश्यक रहेको उनीहरूले अडान राखेका छन् । थाती रहेका मुद्दाबारे आगामी दुई साताभित्र फेरि वार्तामा बस्ने प्रस्ताव पनि युक्रेनी वार्ता टोलीले राखेको छ ।

यद्यपि युक्रेनी प्रतिनिधिहरूले इस्तानबुल वार्तापछि अब पुटिन र जेलेन्स्कीबीच वार्ताको सम्भावना बढेको बताएका छन् । मंगलबार टर्कीको इस्तानबुलमा रुस र युक्रेनका प्रतिनिधिहरूबीच वार्ता भएको हो । यसअघि टर्की र बेलारुसमा गरी तीनपटक वार्ता गरिए पनि ती वार्ता सफल हुन सकेका थिएनन् । *एजेन्सी/इकान्तिपुरबाट

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल