- Loading...
वारी र पारी बेनी वीच कालीगण्डकी नदीमाथी राजनैतिक धकेलाधकेल
- पुनहिल डट कम
- २ साल अघि
- ३५४ पटक पढिएको
|sf]/f]nf gfsf k'Ug] cfGtl/s ko{6s a9b} M gbLs6fgaf6 pRr hf]lvdo'Qm a]gL ahf/ If+/If0f ug{ kf]v/f l:yt ?kftfn ;+/If0f Plss[t kl/of]hgfn] sfnLu08sL gbLsf] b'j} lsgf/fdf ;dfgfGt/ kSsL cf/l;l; jfn lgdf{0f ub}{ . sfnLu0sL gbLn] DofUbL ;b/d'sfd a]gL / kj{t lhNnfsf] hnhnf ufp“kflnsf, # jf/Lj]gLnfO{ 5'6ofp“5 . t6jGw nfufpg] afxfgfdf gbL avf{ofddf aUg] lsgf/f sDtLdf !) ld6/;Dd lsgf/f RoflkPsf] 5 . t:jL/ M 3gZofd v8sf, sflGtk'/
कालीगणडकी नदी वारीपारीका वारी र पारी वेनी वीच नदीलाइ राजनैतिक पहुँचकाे विषय बनाइ काली खाेलालाइधकेलाधकेल गरी रहेका छन ।
बाढीको उच्च जोखिमयुक्त जिल्ला सदरमुकाम बेनी बचावटका लागि धमाधम आरसिसी तटबन्ध लगाउने काम भैरहेको छ । पोखरास्थित रुपाताल संरक्षण एकीकृत परियोजनाले बेनीबजारको पूर्वी किनारामा कालीगण्डकी नदी कटान रोक्न २ सय ५० मिटर लामो पक्की आरसिसि वाल निर्माण गरिरहेको छ । सोही कार्यालयले पर्वतमा तर्फको बारी बेनीमा पनि समानन्तर उस्तै बाल उठाइरहेको छ ।
कालीगण्की नदीले म्याग्दी सदरमुकाम बेनी र पर्वत जिल्लाको जलजला गाउँपालिका–३ वारीवेनीलाई छुट्याउँछ । बेनीबजार संरक्षण गर्न तटवन्ध लगाउँदा नदीको धार परिवर्तन भै वारि वेनी जोखिममा परेको भन्दै नदीको अर्को किनारामा पनि समानन्तर पक्की आरसिसि तटवन्ध लगाइएको हो । दुवै किनारामा तटवन्ध लगाउने काम भने रुपाताल संरक्षण एकीकृत परियोजनाले गरिरहेको छ ।
नदीको प्राकृतिक स्वरुपमा पानीको सतहदेखि जमिनको माथिल्लो भाग पाल्टे भिरालो थियो । अहिले तटबन्ध लगाउँदा भने नदीमा पानीको सतहदेखी माथी सिधा आरसिसि वाल उठाईएका छ । तटवन्ध लगाउने बाहानामा नदी बर्खायाममा बग्ने किनारा कम्तीमा १० मिटरसम्म किनारा च्यापिएको छ । ‘बेनी तर्फको किनारा पहिल्यैदेखि भर्टिकल कान्ला हो । तर पर्वततर्फको किनारा भने पाल्टे थियो । बाढी आउँदा पानी माथि डिलमा उक्लन्थ्यो तर भत्काउने थिएन । अहिले तटबन्धको बहानामा १०–१५ मिटरसम्म नदी किनारा अतिक्रमण भएको छ,’ बेनी नगरपालिका–८ वडाध्यक्ष रामकृष्ण बराइलीले भने, ‘यहाँ खास जोखिमको तथ्यगत आंकलन नगरी राजनैतिक पहुँचका भरमा बलमिच्याइँ भइरहेको छ । कर्मचारीतन्त्र उतैको पक्षमा छ ।’
नदी कटानबाट बस्ती जोगाउन तटबन्ध गरिनु राम्रो हो तर नदीले ओगटेको प्राकृतिक मार्गलाई च्याप्दै तटबन्ध निर्माण गर्ने होडबाजीले भने बस्ती सुरक्षित होइन, झन असुरक्षित बनेको ठानिएको छ । ‘बेनी (म्याग्दी) र बारीबेनी (पर्वत) बीच कालीगण्डकी नदी कटानबाट संरक्षण गर्नेभन्दा अतिक्रमण गर्ने अस्वस्थ्य होड देखिन्छ । प्राकृतिक बहाव रहने किनारा अतिक्रमण गरी नदी धकेलाधकेल हुँदा उल्टो तटबन्ध घातक हुन सक्छ,’ वन, वातावरण संरक्षण क्षेत्रमा सक्रिय चित्र तिलिजाले भने, ‘नदी किनारा तटबन्धको नाममा अतिक्रमण गरिएको कालीगण्डकी नालीजस्तो बनाउन खोजिएको छ । प्राविधिले डिजाइन इस्टिमेट गर्दा पनि समुदायबाट डोमिनेट भएको देखिएको छ ।’
नदी कटानबाट उच्च जोखिमयुक्त सहर बेनी बचाउन पछिल्लो एक दशकदेखी साविक जलउत्पन्न प्रकोप कार्यालय पोखरा, पछि डिभिजन कार्यालय बाग्लुङ र संघियतापछि पोखरास्थित रूपाताल संरक्षण एकीकृत परियोजनाले क्रमागत योजनामा राखी संरक्षणको काम गरिरहेका छन् ।
कालीगण्डकी, म्याग्दी र राहुघाट नदीमा यसअघि पनि पटक–पटक पहिरो झर्ने र थुनिने गरेका छन । कालीगण्डकी नदी २०१४ सालमा ठूलो पहिरोले थुनिएको थियो । ०५५ साल असोज १० गते अन्धगल्छीको तातोपानी बजारमा शिख गाविसको गोगनपानी भिर खस्दा कालीगण्डकी १० घण्टा थुनिएको थियो । पछिल्लोपटक ०७२ जेठ १० गते राम्चे गाविसको काफलडाँडा मुनीको महभीर खस्दा १६ घन्टा कालीगण्डकी थुनिएको हो । ०४४ सालमा हिमालपारीको मुस्ताङको हिमताल फुटेर आएको बाढीले कालीगण्डकी तटीय क्षेत्रमा ब्यापक धनजनको क्षति पुर्याएको थियो । अर्को जोखिमयुक्त म्याग्दी नदीमा ०४५ साल असोज २ गते साँझ निस्कोट गाविसको छरछरेको भीर भत्कदा दरबाङ बजार पुर्दा एक सय ९ जनाको मृत्यु भएको थियो । त्यसैगरी ३ वर्षअघि जिल्लाको मध्य जलाधार क्षेत्रको पाखापानीको बेंसीबाट पहिरो झर्दा राहुघाट खोला ८ घण्टा थुनिएको थियो ।