Advertisement
SKIP THIS
FLASH NEWS
  • Loading...

नेपालकै तयारी छैन काेराेला नाका खाेल्न

  • पुनहिल डट कम
  • ३ साल अघि
  • ४८३ पटक पढिएको
नेपालकै तयारी छैन काेराेला नाका खाेल्न

चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणका क्रममा नेपाल र चीनबीच नौबुँदे समझदारी हुँदा गण्डकी प्रदेशको लाईफलाईन मानिने कोरोला नाका सम्बोधन हुन सकेन ।
सुख्खा वन्दरगाह निर्माणमा भौतिक पूर्वाधार निर्माण समेत तयारी नपुगेको भन्दै नेपाली पक्ष नै तयार नभएपछि कोरोला नाका खुलाउने विषय सम्बाेधन हुन नसकेकाे हाे ।

चिनियाँ विदेशमन्त्री यी र नेपाली समकक्षी विच कोरोला समेत बन्द नाका खुलाउने विषयमा कुनै चर्चा नभएपनि एमाले अध्यक्ष ओलीले भने विदेशमन्त्री यीसँग बेल्ट एण्ड रोड इनिसियटिभ (विआरआई)संग जोडिएका आयोजनाहरु तथा कोरोला नाकामा भौतिक पूर्वाधार निर्माणमा सहयोग गर्न आग्रह गरेका छन ।
नेपाल–चीन वीच ०७५ सालमा हस्ताक्षर भएको पारवाहन तथा यातायात सम्झौताको प्रोक्टोकल अनुसार चीनका चार सामुद्रिक तथा तीन सुख्खा बन्दरगाहसम्म आवत–जावत गर्ने मध्यको नेचुङ–लेक्जे (कोरला) नाका पनि हो । कोरला नाका स्न १९८१ को नेपाल–चीनबीच ब्यापार सम्झौता अनुसार सीमाबाट ३० किमी क्षेत्रका बासिन्दालाई परम्परागत विनिमय ब्यापार (वार्टर ट्रेड) आधारित थियो । तर अहिले कोरला सिल वोर्डर हो ।
‘यस पाला पनि कोरोला नाका खुल्ने टुङ्गो नहुँदा निराश छौं । चिनियाँ विदेशमन्त्रीको नेपाल भ्रमणमा हुने भएपछि परराष्ट्र मन्त्री नारायण खड्कालाई भेटेर कोरोला नाका छिटो खोल्न र चिनियाँ विदेशमन्त्री वाङ यीसँग कोरोला नाका खोल्ने विषयमा छलफल गरें । तर हाम्रो तयारी पुगेको छैन भनेर मान्नु भएन’ मुस्ताङबाट निर्वाचित प्रतिनिधी सभा सदस्य प्रेमप्रसाद तुलाचनले भने, ‘चिनियाँ पक्ष कोरोला नाकामा तयारी अवस्थामा छ । कोरोला नाकाको सीमावती चिनियाँ जिल्लाका अधिकारीहरुले हामीसँगको भेटमा नाका छिटो खुलाउन पहल गर्नुस भनेको भन्यै छन ।’
साँसद तुलाचनले भने, ‘नेपाली पक्षले स्वकृती दिन्छभने चीन तर्फका स्थानीय अधिकारीहरुले नेपाल तर्फको बन्दरगाहका पूर्वाधार बनाईदिन्छौं भन्दै आएका छन । यो कुरा पनि मैले परराष्ट्र मन्त्रालयमा राखें । मन्त्री खड्काले नाका र भन्सार जस्तो संवेदनशिल क्षेत्रमा उनीहरुलाई नै पूर्वाधार बनाउन दिन मिल्दैन बरु सहयोग दिन्छन भने नेपालले नै बताउने बताउनु भयो।’

कोरोला नाकामा एक वर्ष अघि उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालय अन्र्तरगतको नेपाल इन्टरमोडल ट्रान्सपोर्ट डेभलपमेन्ट वोर्डले कोरोला नाकामा दशगजा छोडेर १ हजार रोपनी र १२ किलोमिटर तल नेचुङमा गरी दुई स्थानमा भौगोलिक अवस्था पहिचान, बन्दरगाह निर्माणको विस्तृत खाका र लागत अनुमान (डिपिआर) बनाएको छ । डिपिआर कार्यान्वयन भएको छैन ।
यस अघि नाकाभन्दा १२ किलोमिटर दक्षिण तल नेचुङ्गमा भन्सारकालागी जग्गा अधिग्रहण गरिएकोमा अब्यवहारिक भन्दै विरोध भएपछि नाका क्षेत्रमै चिनियाँ भन्सारको आमने–सामने हुने गरी भन्सार बनाउने तयारी गरिएको हो ।
तर चीनिया पक्षले भने आधुनिक सूचानाप्रविधी जडित भन्सार कार्यालयका अतिरिक्त क्वारेन्टाईन, एनिमल क्वारेन्टाईन, कर्मचारी आवस गृह, प्रयोगशाला, गोदाम घर, ट्रक तथा कन्टेरन पाकिङ्ग र सुरक्षा प्रन्ध गाएतका पूर्वाधार खडा गरिसकेको छ । लोमन्थाङ्ग समेत उपल्लो मुस्ताङ्गका घर पसलहरुमा लत्ता–कपडा, खाद्यान्न, पेय पदार्थ र इलेक्ट्रोनिक, घर बनाउँदा चाहिने सिमेन्ट, काठ लगाएत सवै चिनियाँ सामाग्रीको एकलौटी किनवेच हुन्छ । सामान झार्न लोमन्थाङ भन्दा अलि पर चिनियाँ गाडी नै आइपुग्छन ।
कोरोला नाकामा रहेको २४ नम्बरको सीमास्तम्भपारी निर्मित भब्य चिनियाँ सुख्खा बन्दरगाहा र जोडिएको चिल्लो चौडा सडक ढोङ्वासेनदेखी केही परको सिगात्सेवाट आएको ‘चाईना नेसनल हाईवे २१९’ मा पुगेर जोडिन्छ ।
गण्डकी प्रदेशको लाइफलाईन मानिएका कोरला नाकामा बन्ने सुख्खा बन्दरगाहबाट हुने पारवाहन तथा सामान ढुवानी गर्न चौडा र मापदण्ड योग्य सडक निर्माणमा ढिलाई भैरहेको छ । अहिले बेनी–जोमसोम–कोरला १ सय ८६ किलोमिटर सडक ७ मिटर पीच सहित ११ मिटर चौडा स्तरमा निर्माण भैरहेको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल