- Loading...
सिंचाईको पाईप लगेर गोठ र टौवाका खाँवा
- पुनहिल डट कम
- ३ साल अघि
- २९५ पटक पढिएको

ठूला ठूला पोलिथिन पाईपका खाँवा बनाई गोठ, टौवा वा घरका तगारो बनाउने कुरा नै अस्वभाविक र अप्यारिलो हो । तर रघुगंगा गाउँपालिका, ५ झिं र ६ पाखापानीका वस्तीका धेरै जनाले आफ्ना गाईभौसी गोठ, घाँस राख्ने टौवा वा घरका तगारोमा पोलिथिन पाईप गाडेर खाँवा बनाएका छन ।
खासमा यी ठूला पोलिथिन पाईपहरु पाखापानीको जिवाङ र चेस्वाङको धान फाँटमा सिंचाई गर्न करिव ४ किलोमिटर पर झिंको घ्याङ्ग्रीखोलाबाट पानी ल्याईन ल्याईएको हो । सिंचाई योजना केही वर्ष मै भताभुङ्ग भएपनि स्थानीयले पाईपहरु उप्काएर गोठ, टौवाको खाँवा बनाएका हुन । बर्षौदेखी अलपत्र परेका पाईपहरु पुन: प्रयोग हुने संभावना हराएपछि गोठ, टौवामै भएपनि उपयोग गरेको स्थानीयले बताए ।
‘मुहान र चेस्वाङमा पहिरोले पाईप बगाएपछि सिंचाई योजना अलपत्र पऱ्यो । सरकारले पनि मर्मत गरिदिएन हामीले पनि सकेनौं । योजनाको संरक्षणमा नभएपछि, पुन: योजना नचल्ने भएपछि सार्वजनिक ठाउँको पाईप जस्ले सक्यो उसैले लग्यो, ब्यक्तिको खेतमा परेको पाईप आफु आफु झिकेर ल्यायौं’ रघुगंगा गाउँपालिका, ६ पाखापानी जिवाङका श्रीबहादुर पाईजाले भने, ‘मेरो खेतमा ८–१० वटा पाईप परेका थिए । त्यहीपनि केही चोरी भए, बचेका ६ वटा गोठको खाँवा बनाएको छु ।’
साविक पाखापानी गाविसका पूर्व प्रधानपञ्च रहेका जगनारायण गौचनका अनुसार वि स ०३९ देखी ०४४ मा अमेरिकी सहयोगमा संञ्चालित श्रोत संरक्षण तथा उपभोग आयोजना (आरसीयुपी) कार्यक्रम लागु भएको वेला कमनाथमा आरसियुपी भवन र जस्वाङमा सिंचाई योजना निर्माण भएको हो । गौचनका अनुसार योजनाको ठेकदारमा मौवाफाँटका मोहननाथ सुवेदी थिए ।
‘जिम्वाङको सिंचाई योजना आरसियुपी भवन र सिंचाई योजन एउटै प्रोजेक्टले बनाएको हो वा फरक ठ्याक्क हेक्का भएन । विस २०४० सालमा निर्मित सिंचाई योजना ०४८/०५०सालसम्म जेनतेन चल्यो । त्यसपछि भताभुङ्ग बन्यो’ पूर्वप्रधानपञ्च समेत रहेका गौचनले भने, ‘योजनाबाट सवैभन्दा धेरै मेरै धान खेतमा सिंचाई हुन्थ्यो । पहिलो गाउँपञ्चायत र पछि गाविसले बजेट विनियोजन गरी मर्मत गरिन्थ्यो । अहिले सिंचाईका सवै पाईप लगेर गोठ, टौवाका खाँवा बनाएका छन ।’*इकान्तिपुर

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
