- Loading...
पलमाथि लगानी गरेका निर्माताको तीन करोड जोखिममा
- पुनहिल डट कम
- २ साल अघि
- ३०१ पटक पढिएको

अभिनेता पल शाहलाई जबर्जस्ती करणी मुद्दामा तनहुँ जिल्ला अदालतले पुर्पक्षको लागि थुना चलान भएसँगै उनीमाथि लगानी गरेका निर्माताको झण्डै तीन करोड रुपैयाँ जोखिममा परेको छ ।
एक नाबालिग गायिकामाथि जबर्जस्ती करणी गरेको अभियोगपछि पलले फिल्म ‘२ नम्बरी’ गुमाए । लकडाउनअघि १० दिन सुटिङ भएको उक्त फिल्मबाट पलले एड्भान्स पारिश्रमिक समेत बुझिसकेका थिए । फिल्मको १० दिनको सुटिङ खेर गएन मात्रै निर्माताले १५ लाख रुपैयाँ पनि गुमाए ।
सुरज सुब्बाले निर्देशन गर्न लागेको फिल्म ‘हृदयभरि’को झण्डै २ करोड लगानी पनि जोखिममा परेको छ । पललाई मुख्य भूमिकाको लागि अनुबन्धित गर्दै निर्देशक सुब्बा छायांकनमा जाने तयारीमा थिए । फिल्ममा पलको जोडीको रुपमा श्रद्धा क्षेत्रीलाई अनुबन्ध गरिएको थियो । पल थुनामा गएसँगै यो प्रोजेक्टको भविष्य पनि तत्काललाई अन्योलमा परेको छ ।
बलात्कारको मुद्दा दायर हुनुअघि पलले तीन दर्जन जति म्युजिक भिडियोबाट समेत एड्भान्स पारिश्रमिक लिएको निकट स्रोतहरु बताउँछन् । यो रकम झण्डै २० लाख जति हुन आउँछ । म्युजिक भिडियोबाहेक उनले केही फिचर फिल्ममा पनि सम्झौता गरेका थिए ।
जसमा दीपेन्द्र लामा र यश कुमारले निर्देशन गर्ने तयारीमा रहेका दुई फिल्ममा पनि पल अनुबन्धित थिए ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
