FLASH NEWS
  • Loading...

हाईड्रोबाट समुदायमा दोहोरो लाभ

  • पुनहिल डट कम
  • २ साल अघि
  • २१४ पटक पढिएको
हाईड्रोबाट समुदायमा दोहोरो लाभ

जिल्लामा संञ्चालित विभिन्न जलविधुत आयोजनाहरुबाट म्याग्दीका विभिन्न वस्तीका समुदाय मनग्य लाभान्वित भएका छन ।
निर्माणाधिन जलविधुत आयोजनाहरुबाट अन्नपूर्ण गाउँपालिका, ४ नारच्याङ र रघुगंगा गाउँपालिकाको ४ दग्नाम, ५ झिं, ६ पाखापानी, ७ चिमखोला र ८ कुईनेमंगल वस्ती सवैभन्दा बढी लाभान्वीत भएका छन ।
पञ्चायतदेखी गोरेटो, घोडेटोहुँदै पछिल्ला केही वर्षदेखी दलहरुले मोटर बाटोको सपना देखाएर भोट माग्दै आएको अजिङगर (झ्यान्द्राभीर) फोडिएसँगै दर्मिजा, चिमखोला, चौरखानी, घ्य
ासीखर्कहुँ धौलगिरी हिमालको फेदीसम्मै मोटरबाटो उक्लेको छ ।
दग्नाम–चिमखोला ४.८१ किलोमिटर सडक खन्न संघ, प्रदेश र स्थानीय पालिकाबाट कुल करिव ७ करोड खच भएकोमा दग्नाम–दर्मिजा ८ सय मिटर र दर्मिजा–चिमखोला खण्डको गोखोभीरको ६ सय ३० मिटर अक्करे पहाड फोर्न तुँदी पावर कम्पनी प्रालिले मात्र १२ करोड खर्च गरेको छ ।
प्रालिले छुट्टै चिमखोलास्थित ठूलोखोलामा बेलिब्रिज र संयुक्त उर्जाले कुईनेमंगलेको छरीमा अर्को बेलिब्रिज बनाएपछि धौलागिरी फेदीका अति दुर्गम वस्ती सडकसँग जोडिएका हुन ।
तुँदी पावर कम्पनी प्रालिले राहुघाट खोलामा ३५.५ मेगावाट क्षमताको मंगलेराहुघाट जलविधुत र सोही खोलामा अर्को ४८.५ मेगावाट क्षमताको अपरराहुघाट जलविधुत आयोजना निर्माण गरिरहेको छ । त्यस्तै राहुघाट खोलामा निर्माणाधिन अर्को संयुक्त उर्जा प्रालिले २१.३ मेगावाट क्षमताको ठूलोखोला जलविधुत आयोजना निर्माण गरिरहेको छ । आयोजनाले पनि समुदायमा गर्ने स–साना योजनाबाहेक पहुँचमार्ग निर्माण गर्दा माथिल्ला वस्तीलाई पनि सडक पहुँच पुगेको हो ।
‘राहुघाट खोलामा निर्माणाधिन जलविधुत आयोजनाबाट रघुगंगा गाउँपालिकामा सडक निर्माणमा ठूलो आर्थिक राहत भएको छ’ रघुगंगा गापाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले भने, ‘संघ/प्रदेशबाट विनियोजित बजेट ट्रेन र हाम्रो क्षमताले यी वस्तीमा दशक अघि सडक जोड्न कठिन थियो । आयोजनाहरुले आफ्नालागी पहुँच मार्ग बनाउनै पर्ने हुँदा पालिकासँग योजनामा साझेदारीमा सडक खन्यौं, हाम्रो सानो सहभागीताले धेरै लाभ पुगेको छ ।’
तत्कालिन स्थानिय तह पुनसंरचना आयोगले रघुगंगा गाउँपालिका, ६ पाखापानीलाई अस्थाई मुकाम ताकेपछि उत्पन्न विवाद ०७४ सालको स्थानीय तह निर्वाचनपछि गाउँ गाउँसभाको बहुमतले ५, ६ र ८ नम्बर वडाका झिं, पाखापानी र कुईनेवस्तीलाई मोटरबाटोले जोड्न प्रतिवद्धतासहित पालिका मुकाम रघुगंगा गापा, ३ मौवाफाँट तोक्यो । रघुगंगा गाउँपालिकाको प्रतिवद्धतालाई तुँदीपावरले करिव १७ किलोमिटर कच्ची सडक तथा राहुघाट खोलामा बेलिब्रीज निर्माण गरिदिएको छ । १७ किमी सडकमध्य १० किमी सडक र बेलिब्रिज आयोजनाका पहुँच मार्ग हो भने ७ किलोमिटर सडक सामाजिक उत्तरदायित्व अन्र्तगत खनेको हो ।


रघुगंगा गाउँपालिकाममा मात्र होईन, जलविधुत आयोजनाहरुबाट सम्पन्न भएको अर्को वस्ती अन्नपूर्ण गाउँपालिका, ४ नारच्याङ हो । वस्तीमा जलविधुत आयोजनाको लर्को लागेपछि भौतिक पूर्वाधार विकास मात्र भएको छैन, नारच्याङवासीको जीवन शैलीमा ब्यापक परिवर्तन आएको छ । पाखापखेरा र ढुङ्गे वगरको मुल्य आकासिएको छ ।
५ मेगावाटको घलेम्दी र ४२ मेगावाट क्षमताको मिस्त्रीखोला जलविधुत आयोजना सम्पन्न भएका छन । ६२ मेगावाटको निलगिरी क्यास्केट, ३८ मेगावाटको निलगिरीखोला र ६ मेगावाट क्षमताको रेलेखोला हाईड्रोपवार निर्माणाधिन छन ।
यी आयोजनामा कम्तीमा ५ सय स्थानियले नियमित सीप र क्षमता अनुसारको रोजगारी पाएका छन । बेनी–जोमसोम–कारोला सडकबाट पारी नारच्याङ पुग्न कालीगण्डकी नदीमाथी बेलिब्रिज बनेको छ । नारच्याङ–गाडपार, पटार जोड्न मिस्त्रीखोलामा छुट्टै बेलिब्रिज बनेको छ । स्थानिय तीन वटा विद्यालयमा दुई दुई जानाका दरले शिक्षकको तवलभत्ता, अन्य खेलकुद मैदान समेत पूर्वाधारमा सहयोग, आमा समुह, युवा क्लवहरुलाई आर्थिक तथा भौतिक सहयोग पाएका छन ।
नारच्याङवासीले जलविधुत आयोजनाबाट भौतिक सुविधा मात्र होईन घलेम्दी र माउण्टेन इनर्जी नेपालको मिस्त्रीखोलामा १० हजारदेखी १० लाख रुपैयाँबढी संस्थापक शेयर लगानी गरेक नारच्याङवासीले करोडौं नगद आम्दानी गरेका छन । समाचार लेख्दासम्म घलेम्दीको शेयर मुल्य प्रतिशेयर ३ सय २४ र माउटेनको प्रतिशेयर ११ सय १० मुल्य रहेको छ ।
‘जलविधुतबाट नारच्याङवासीले राम्रो लाभ पाएका छौं । अझै हाम्रालागी हाईड्रोबाट लाभ हुने विश्वास गरेका छौं’ अन्नपूर्ण गापा, ४ नारच्याङका तेजबहादुर गुरुङले भने, ‘हामीले जलविधुत आयोजनालाई काम गर्न सहज वातावरण बनायौं, आयोजनाले हामीलाई भौतिक तथा आर्थिक दुवै लाभ दियो ।’
त्यस्तै, धवलागिरी गापा, ५ खाम्लामा ड्यामबनाई मालिका, ७ भारवाङमा विधुत गृह बन्ने ५३.५ मेगावाट क्षमताको अपर म्याग्दीखोला जलविधुत आयोजना र धवलागिरी ४ मुदीमा निर्माण हुने ५७.३ मेगावाटको म्याग्दीखोला जलविधुत आयोजनाले पनि धमाधम पहुँच मार्ग निर्माण गरिरहेका छन । यी आयोजनाले निर्माण गर्ने पहुँच मार्गले धवलागिरी ४ मुदीको नाउरा, बगरा, खिवाङ र वडा ६ मुदीको मराङवस्ती तथा मालिका गापा, ७ विमको तल्लो क्षेत्रका बासिन्दालाई यायाताय सुविधा पुग्ने छ ।