- Loading...
कहिले खुल्ला कोरला नाका ?
- पुनहिल डट कम
- २ साल अघि
- ४६८ पटक पढिएको

मुस्ताङको चीनको स्वसाशित तिब्बतसँग १८–३३ सम्म १६ वटा सीमास्तम्भले १३४.१६ किलोमिटर अन्र्तरष्ट्रिय सीमा जोडिएको छ । त्यही विचको २४ नम्बर सीमा स्तम्भ रहेको स्थान हो, कोरोला नाका ।
कोरला नाका स्न १९८१ को नेपाल–चीनबीच ब्यापार सम्झौता अनुसार सीमाबाट ३० किमी क्षेत्रका बासिन्दालाई परम्परागत विनिमय ब्यापार (वार्टर ट्रेड) आधारित थियो । तर अहिले कोरला सिल वोर्डर हो ।
नेपाल–चीन वीच ०७५ सालमा हस्ताक्षर भएको पारवाहन तथा यातायात सम्झौताको प्रोक्टोकल अनुसार चीनका चार सामुद्रिक तथा तीन सुख्खा बन्दरगाहसम्म आवत–जावत गर्ने मध्यको नेचुङ–लेक्जे (कोरला) नाका पनि हो । कोरोला बन्द नाका बन्दपनी वर्षको दुई पटक जेठ–असार र भदौ–असोजमा १०–१० दिनको ब्यापार मेला (हाट बजार)मा सीमित छ । जहाँ दुवै देशका व्यापारीले आ–आफ्ना सर–सामान लगेर एक अर्कालाई बेच्ने गरेका भएपनि कोरोना महामारी सुरु भएयता बन्द छ । नेपाली उत्पादन खासै बेच्न लैजाने ब्यापारी नहुने भएकोले आफ्नो पालोमा चिनियाँपक्षले कोरोला नाकादेखी २० किमी भित्र ढाङ्वासिंमा ब्यापार मेला लगाउँछ । मेलाको बेला नेपाली ब्यापारीहरु ठूला ट्रक लिएर पुग्छन । वोर्डरमा नेपालको आफ्नो भन्सार कार्यालय नहुँदा निर्वाध तिब्बती सामाग्री निर्वाध भित्रने गरेका छन ।
यस अघि नाकाभन्दा १२ किलोमिटर दक्षिण तल नेचुङ्गमा भन्सारकालागी जग्गा अधिग्रहण गरिएकोमा अब्यवहारिक भन्दै विरोध भएपछि नाका क्षेत्रमै चिनियाँ भन्सारको आमने–सामने हुने गरी भन्सार बनाउने तयारी गरिएको हो ।
कोरोला नाकामा एक वर्ष अघि उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालय अन्र्तरगतको नेपाल इन्टरमोडल ट्रान्सपोर्ट डेभलपमेन्ट वोर्डले कोरोला नाकामा दशगजा छोडेर १ हजार रोपनी र १२ किलोमिटर तल नेचुङमा गरी दुई स्थानमा भौगोलिक अवस्था पहिचान, बन्दरगाह निर्माणको विस्तृत खाका र लागत अनुमान (डिपिआर) बनाएको छ । डिपिआर कार्यान्वयन भने सुरु भएको छैन ।
कारोला नाकामा चीनिया पक्षले भने दशगजा छोडेर आधुनिक सूचानाप्रविधी जडित भन्सार कार्यालयका अतिरिक्त क्वारेन्टाईन, एनिमल क्वारेन्टाईन, कर्मचारी आवस गृह, प्रयोगशाला, गोदाम घर, ट्रक तथा कन्टेरन पाकिङ्ग र सुरक्षा प्रन्ध गाएतका पूर्वाधार खडा गरिसकेको छ ।
लोमन्थाङ्ग समेत उपल्लो मुस्ताङ्गका घर पसलहरुमा लत्ता–कपडा, खाद्यान्न, पेय पदार्थ र इलेक्ट्रोनिक, घर बनाउँदा चाहिने सिमेन्ट, काठ लगाएत सवै चिनियाँ सामाग्रीको एकलौटी किनवेच हुन्छ । सामान झार्न लोमन्थाङ भन्दा अलि पर चिनियाँ गाडी नै आइपुग्छन ।
‘सडक, सुख्खा वन्दरगाह र भन्सार कार्यालय समेतका संरचना निर्माणगरी तयारी अवस्थामा रहनुले कोरोला नाका संञ्चालन गर्न चिनियाँ पक्ष आतुर नै भएको देखिन्छ’ मुस्ताङबाट प्रतिनिधी सभा सदस्य प्रेमप्रसाद तुचालनले भने, ‘चिनियाँहरुले कोरोला नाका खोल्न नेपाली पक्ष नै उदासीन भएको बताउँछन । स्थलगत अवलोकन गर्दा पनि नेपाली पक्षकै तयारी शुन्य देखिन्छ । हाम्रो दवावले मात्र केही नहुने रहेछ ।’
कोरोला नाकामा रहेको २४ नम्बरको सीमास्तम्भपारी निर्मित भब्य चिनियाँ सुख्खा बन्दरगाहा र जोडिएको चिल्लो चौडा सडक ढोङ्वासेनदेखी केही परको सिगात्सेवाट आएको ‘चाईना नेसनल हाईवे २१९’ मा पुगेर जोडिन्छ । सीमा क्षेत्रमै चिनियाँ सैनिक रहेका भएपनि नेपाली सेना भने २५ किमी दक्षिणपट्टी तल लोमन्थाङ्ग छेउमा बसेको छ ।
गण्डकी प्रदेशको लाइफलाईन मानिएका कोरला नाकामा बन्ने सुख्खा बन्दरगाहबाट हुने पारवाहन तथा सामान ढुवानी गर्न चौडा र मापदण्ड योग्य सडक निर्माणमा ढिलाई भैरहेको छ । अहिले बेनी–जोमसोम–कोरला १ सय ८६ किलोमिटर सडक ७ मिटर पीच सहित ११ मिटर चौडा स्तरमा निर्माण भैरहेको छ ।
पोखराबाट भुपी शेरचन मार्गहुँदै म्याग्दीको बेनी पुगेपछि कालीगण्डकी नदी पछ्याउँदै हिमालय श्रृखलालाई दक्षिण पारेर अनगिन्ती अक्करे भीर र डाँडा छिचोल्दै उकालो लागेको छ, बेनी–जोमसोम–लोमन्थाङ–कोरला राजमार्ग । कोरला नाकासँग जोडिन ५ नम्बर प्रदेशको वुटवल र ६ नम्बर प्रदेशको रुकुमबाट पस्ने मध्यपहाडी राजमार्ग र कालीगण्डकी करिडोर राजमार्ग भएर मालढुङ्गा जोडिएपछि म्याग्दी बेनीहुँदै कोरला नाका तर्फ उकालो लाग्छन ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
