FLASH NEWS
- Loading...
म्याग्दीका भुपेन जनपक्षीय चलचित्र महासंघ गण्डकी प्रदेशको अध्यक्ष निर्बाचित
- पुनहिल डट कम
- २ साल अघि
- ३८४ पटक पढिएको
म्याग्दीका कलाकर्मी भुपेन बानियाँ राष्ट्रिय जनसांस्कृतिक महासंघको घटक जनपक्षीय चलचित्र महासंघ गण्डकी प्रदेशको अध्यक्षमा निर्वाचित भएका छन ।
शनिबार पोखरामा सम्पन्न पहिलो प्रदेश अधिवेशनबाट बानियाँकाे अध्यक्षतामा ११ सदस्यीय समिति निर्वाचित भएका हुन ।
त्यसैगरी महासघकाे उपाध्यक्षमा कोबिद शरण उपाध्याय, सचिवमा भोज बहादुर गुरुङ्ग, कोषाध्यक्षमा बिष्णु बास्तोला र सहसचिवमा किरण रेग्मी चयन भएका छन ।
अध्यक्षमा निर्वाचित बानियाँले क्रिएटिभ मिडिया प्रोडक्सनले प्रोडक्सन हाउसलाई बेनी तथा पोखराबाट पनि संचालन गरिरहेका छन । म्यूजिक भिडियो निर्देशनमा समेत अव्वल बानियाँले दर्जनौ गीतका भिडियो निर्माण गरेका छन ।
प्रतिक्रिया दिनुहोस