- Loading...
सोह्र वर्षमा नागरिकता, १८ वर्षमा मतदान र २० वर्षमा विवाह गर्ने उमेरको तालमेल मिलेनः राष्ट्रपति
- पुनहिल डट कम
- २ साल अघि
- ३०० पटक पढिएको

राष्ट्रपति विद्यादेवी भण्डारीले महिला हिंसा, बालबालिकामाथि हुने गरेका अपराधमाथि भइरहेका घटनाप्रति चिन्ता व्यक्त गर्दै त्यस्ताको कानूनी व्यवस्था र उपचारात्मक पक्षबाट सम्बोधन गर्न आवश्यक रहेको बताएकी छिन।
राष्ट्रपति भण्डारीले बालबालिकामाथि भइरहेका बलात्कार र अन्य घटनाको न्यूनीकरणका लागि विद्यालय तहदेखि नै पाठ्यक्रम र चेतनामूलक कार्यक्रमद्वारा प्रयास गर्नुपर्नेमा जोड दिइन् । अपराध प्रकृतिका सम्बन्धमा विद्यालय, विश्वविद्यालय, आमाबीच छलफल गरेर निस्कने निष्कर्षलाई ग्रहण गरेर कानून निर्माण गर्नुपर्ने उनको भनाइ रहेको थियो ।
उनले महिला र बालबालिकामाथि हुने हिंसाका सम्बन्धमा राज्यको एजेण्डा नै बन्नुपर्ने बताइन् । राष्ट्रपति भण्डारीले १८ महिने शिशुमाथि हुने बलात्कारका घटनामा संलग्नलाई नयाँ कदम चालेर कारवाही गर्ने कि भन्नेमा छलफल चलाउनुपर्ने बताइन् । “अठार महिने शिशुमाथि हुने बलात्कार अति नै हो”, उनले भनिन्, “यस्तो प्रकृतिको घटनामा यकीन तथ्यसहित प्रमाण प्राप्त हुन्छ भने नयाँ ‘स्टेप’ लिने कि नलिनेमा छलफल गर्नुपर्दछ । समाजको मनोवैज्ञानिक अध्ययन गरेर के गर्न राम्रो हुन्छ त्यही गर्नुपर्दछ ।”
उनले संयुक्त राष्ट्रसङ्घमा उल्लेख भएअनुसार बालबालिका योग्य हुन्छन् भनेर १६ वर्ष उमेरमा नागरिकता, १८ वर्ष उमेरमा मतदान र २० वर्षमा विवाह गर्ने उमेर कानूनमा राखे पनि समस्या देखिएको बताइन् । “सोह्र वर्ष उमेरमा नागरिकता, १८ वर्ष उमेरमा मतदान र २० वर्षमा विवाह गर्ने कानूनमा तोकिएका यी उमेरको तालमेल मिलेन भन्ने मेरो मनमा रहेको छ”, उनले भनिन् “यी उमेरबारे सोच्नुपर्दछ कि भन्ने मलाई लागेको छ । हाम्रो समाजअनुसार नागरिकता, मतदान र विवाह गर्ने उमेर कति राख्दा व्यावहारिक हुन्छ भनेर सोच्नुपर्दछ ।”
विद्यालय तहको शिक्षालाई बलियो बनाउनसके बलात्कारका घटनामा कम गर्न सकिने उनको धारणा रहेको थियो । कार्यक्रममा राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला पराजुलीले बालबालिकाको विवाह गर्ने उमेर घटाउन नहुने बताइन्। उनले राजनीतिक दलका नेताले महिला हिंसा गर्नेलाई संरक्षण गर्ने भएकाले समस्या आएको बताइन् ।
उनले महिला हिंसा र बलात्कार गर्नेलाई राजनीतिक संरक्षण गरेकाले स्थानीय तहमा रहेको न्यायिक समितिले काम गर्न नसकेको बताइन् । उनले हरेक स्थानीय तहमा सबैको सहभागितामा बलात्कार र महिला हिंसा न्यूनीकरण गर्नका लागि सर्वदलीय संयन्त्र बनाउनुपर्नेमा जोड दिइन् । *डिसीनेपालमा समाचार छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
