आज:  | Fri, 01, Jul, 2022

म्याग्दीका भुपेन जनपक्षीय चलचित्र महासंघ गण्डकी प्रदेशको अध्यक्ष निर्बाचित

६ चैत्र २०७८, आईतवार २२:१७ मा प्रकाशित (3 महिना अघि)
पुनहिल संवाददाता

म्याग्दीका कलाकर्मी भुपेन बानियाँ राष्ट्रिय जनसांस्कृतिक महासंघको घटक जनपक्षीय चलचित्र महासंघ गण्डकी प्रदेशको अध्यक्षमा निर्वाचित भएका छन ।

शनिबार पोखरामा सम्पन्न पहिलो प्रदेश अधिवेशनबाट बानियाँकाे अध्यक्षतामा ११ सदस्यीय समिति निर्वाचित भएका हुन ।

त्यसैगरी महासघकाे उपाध्यक्षमा  कोबिद शरण उपाध्याय, सचिवमा भोज बहादुर गुरुङ्ग, कोषाध्यक्षमा बिष्णु बास्तोला र सहसचिवमा किरण रेग्मी चयन भएका छन ।

अध्यक्षमा निर्वाचित बानियाँले क्रिएटिभ मिडिया प्रोडक्सनले प्रोडक्सन हाउसलाई बेनी तथा पोखराबाट पनि संचालन गरिरहेका छन । म्यूजिक भिडियो निर्देशनमा समेत अव्वल बानियाँले दर्जनौ गीतका भिडियो निर्माण गरेका छन ।