- Loading...
हिमालपारी जाने आन्तरिक पाहुनाको लर्को
- पुनहिल डट कम
- २ साल अघि
- ५२० पटक पढिएको

कोरोना विरुद्धको खोपपछि संक्रमण घट्दै वातावरण सहज बनेसँगै हिमालपारीको जिल्ला मुस्ताङ भ्रमणमा आउने आन्तरिक पर्यटकको लर्को लाग्न थालेको छ ।
कोरोना कहर साम्य हुँदै गएको, जाडो सिजन हटेर गर्मी बढेको तथा मोटरबाटोको सुगमताले देशभरबाट बौद्ध तथा हिन्दुको साझा तिर्थ स्थल मुक्तिनाथ दर्शन गर्न र मुस्ताङ घुम्न आउने आन्तरिक पर्यटक बढेका हुन ।
छोटो समय र न्युन खर्चमा सहज यात्रा गरी मुक्तिनाथ दर्शन गर्न तथा हिमालपारीको मरुभुमि अवलोकन गर्न पाईने भएपछि आमा समुह, वन समुह तथा शैक्षिक संस्थाहरु समेत युवायुवतीहरु भ्रमणमा आएका छन । केही भारतीय तथा फाट्टफुट्ट विदेशी पर्यटक पनि आएका छन ।
मुस्ताङ सीमावर्ती अन्नपूर्ण गाउँपालिका, २ तातोपानी स्थित सीमा प्रहरी चौकीमा रहेको सवारी चेक पोष्टको अभिलेख अनुसार विहिवार फागुपूर्णिमाको दिनमा मात्र ६० वटा यात्रुबाहक वस, १ सय ६४ वटा जीप र ३० वटा ट्रक मुस्ताङ प्रवेश गरेका छन । त्यसैगरी पोष्टमा शुक्रवार दिउँसो २ बजेसम्मको अभिलेख अनुसार ३७ वटा बस, ८७ वटा जीप र ७ वटा ट्रक मुस्ताङ गएका छन । धेरै टाढाबाट आउने सवारी साधनहरु दिउँसो ४ देखी साँझ ७ बजेको समयमा बढी मुस्ताङ छिर्ने गर्छन । चेक पोष्टले मोटरसाईकलको अभिलेख नराख्ने भएकोले यकिन संख्या नभएपनि दैनिक दुई सयबढी मोटरसाईकल मुस्ताङ प्रवेश गर्ने गरेको अनुमान छ ।
‘बेनी–जोमसोम सडकमा हुन सक्ने संभावित सडक जोखिम ब्यवस्थापन गर्न मुस्ताङ प्रवेश गर्ने र फर्कने सवारी साधनहरुको अभिलेख राख्ने गरिएको हो’ सीमा प्रहरी चौकी भुरुङतातोपानीका इन्चार्ज सई सोमबहादुर खत्रीले भने, ‘फागुनको २५–२७ गतेयता अवलोकन भ्रमण तथा मोटरसाईकलमा आउने अन्तरिक पर्यटक उल्लेख्य छन ।’

त्यसैविच हिमालपारीको जिल्ला मुस्ताङको पनि माथिल्लो भेगमा अवस्थित चीन सीमावर्ती ‘माटोको शहर’ लो मन्थाङ पुग्ने आन्तरिक पर्यटक पनि बढेका छन । स्थानीय पालिकाहरुले डोजर लगाएर कोरोला नाकासम्मै हिउँ सफागरी सडक खुलाएपछि जोडो छल्ने वेंशी झरेका मुस्ताङ्गीलाई मात्र होईन पर्यटकलाई समेत मुस्ताङको उपल्लो थलो लोमन्थाङ र कोरोलानाका पुग्न सहज भएको हो ।
आकर्षक मध्ययुगीन वस्ती लो मन्थाङ्ग, कोरोला नाका र मुस्ताङ्गका प्राचिन वस्ती हेर्न आउने पर्यटकको आगमन बढेसँगै तीन वर्षदेखी वन्द रहेका होटल, रेष्टुरेन्टहरु पाहुना सत्कार गर्न आतुर छन । असोज–मंसिर र फागुन–जेठ महिना उपल्लो मुस्ताङ भ्रमण गर्ने मुख्य सिजन हो । ८० प्रतिशत अन्तरिक पर्यटक दशैं–तिहारको वीचमा उपल्लो मुस्ताङ पुग्छन ।
‘कोरोनाको त्रास हटेपछि आन्तरिक पर्यटक फेरी वढ्ने विश्वास गरेका छौं । फागुनमै वेंसी झरेका स्थानीय भन्दा अघि आन्तरिक पर्यटक आउन थालेपछि उत्साही छौं’ लो मन्थाङका ब्यवसायी घ्युर्मि गुरुङले भने, ‘लोमन्थाङ पुग्न अव सडक पनि धेरै सहज भएको छ । सार्वजनिक यातायात सहज हुनेक्रम छ । स्थानीय पर्यटक स्वागत गर्न आतुर छौं ।’
‘फागुन तेस्रो सातादेखी नै लोमन्थाङ र कोरोला नाका पुग्ने आन्तरिक पर्यटक बढेका छन । अहिले प्याकेजमा गाडी बुकिङगरी पर्यटक आएका छन । बेनी–जोमसोम सडकको केही खण्डमा मर्मत जारी रहेकोले सार्वजनिक यातायातबाट ब्यक्तिगत भ्रमणमा आउन अझै सहज भैसकेको छैन’ लोमन्थाङ गाउँपालिका, १ छोसेरमा अवस्थित सेल्तामा गुफामा रेष्टुरेन्ट चलाउने ब्यवसायी पेमा घिर्मि गुरुङले भने, ‘चैत दोस्रो सातादेखी सवै यात्रुलाई मुस्ताङ र लोमन्थाङ घुम्न सहज बन्छ ।’
बालुवा नै वालुवाको सुख्खा अनौठो भुगोलले मात्र होईन, कम्युनिष्ट शासन ब्यवस्था अपनाएको चीनको स्वशासित तिब्बत सीमावर्ती लो मन्थाङ (कोरला नाका) पर्यटकका आकर्षण र कौतुहल हुन । तिब्बतसंग धर्म, भाषा, भेषभुषा, रहन–सहन, संस्कार, संस्कृति मिल्ने मुस्ताङको उपल्लो भेग लोमन्थाङ्ग भौगोलिक रुपमा पनि तिब्बती पठार प्रमुख आर्कषण हुन ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
