आज:  | Wed, 29, Jun, 2022

माेना वेल्जियमद्वारा सरस्वती अाधारभुत विद्यालयलाइ अार्थिक सहयाेग

४ चैत्र २०७८, शुक्रबार १६:४५ मा प्रकाशित (3 महिना अघि)
पुनहिल संवाददाता

म्याग्दी प्रवासी नेपाली संघ (माेना) बेल्जियमले बेनी नगरपालिका–२ बगरफाँट स्थित सरस्वती आधारभूत विद्यालयलाइ एक लाख ५० हजार अार्थिक सहयाेग गरेकाे हाे । 

विद्यालयले अाफ्नाे स्तर वृदी गर्न सञ्चालन गरेकाे अार्थिक सहयाेग संकलन अभियान अन्तर्गत माेना वेल्जियमले अक्षय काेष स्थापना गरी अार्थिक सहयाेग गरेकाे हाे । मोना बेल्जियमले पठाएकाे सहयाेग रकम शुक्रबार प्रमुख जिल्ला अधिकारी चिरञ्जीवि रानामार्फत विद्यालयमा सहयोग हस्तान्तरण गरे।

सहयाेग हस्तान्त्रणा कार्यक्रममा सहयाेग संकलन अभियानका संयोजक कृष्ण थापा लगायत स्थानीयबासीको उपस्थिती रहेको थियो । माेना वेल्जियमले सहयाेग रकम म्याग्दीकाे पराेपकारी संस्था ओमकुमारी शान्ति कोषका मार्फत सहयाेग रकम विद्यालयमा पठाएकाे हाे ।

बि.स २०४२ सालमा स्थापना भएको यस विद्यालयमा हाल कक्षा ७ सम्म पढाइ हुँदै आएको छ भने १०२ जना विद्यार्थी अध्ययनरत छन् । विद्यालयमा अधिकांस मजदुरीका लागि बिभिन्न स्थानबाट आएका र आर्थिक अभावकै कारण अलपत्र परेका बालकालिका अध्ययनरत रहेका बिद्यालयले जनाएको छ ।