FLASH NEWS
  • Loading...

पुलाश्रममा असुर राजा रावणको मुर्तिसहित पार्क वन्दै

  • पुनहिल डट कम
  • ३ साल अघि
  • ५५६ पटक पढिएको
पुलाश्रममा असुर राजा रावणको मुर्तिसहित पार्क वन्दै

पौराणीक कथा रामायणमा वर्णित असुर राजा रावणको ६ मिटर अग्लो मुर्तिसहित बेनी नगरपालिका, ५ पुलाको पछैमा रावण पार्क बन्न थालेको छ ।
हिन्दु धार्मिक ग्रन्थमा असुर राजा (राक्षस) को रुपमा चरितार्थ गरिएका चर्चित पात्र रावणको मुर्तिसहित बन्न लागेको संभवत नेपालको पहिलो पार्क हो । पुलाश्रममा रहेका ऋषिमुनी मन्दीर, हवन कुण्ड, रावणको नाभी गाडिएको स्थानलाई यथावत संरक्षणगरी ६ मिटर अग्लो रावण मुर्तिसहित बगैचा, विश्रामस्थल, घेरावार र जमिन संरक्षण समेतका पूर्वाधार निर्माण गर्ने योजना छ ।


संकृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयसँगको पर्यटन पूर्वाधार तथा पर्यटन उपज विकास साझेदारी कार्यक्रम अन्र्तगत बेनी नगरपालिकासँगको साझेदारीमा पुलाश्रममा रावण पार्क निर्माण थालेको हो ।
रामायण पार्क निर्माण गर्न पर्यटन मन्त्रालयले २ करोड ११ लाख र वेनी नगरपालिकाले १ करोड १४ गरी कुल ३ करोड २५ लाख लागत अनुमान गरिएको धर्म एस. कास्यप जेभी कलंकी काठमाण्डौले १ करोड ७६ लाख ७७ हजार ५ सय ६३ रुपैयाँ कवोलगरी ठेक्का सम्झौता गरेको छ । पार्क ०७९ फागुनमा निर्माण पुरा गर्ने सम्झौतामा उल्लेख छ ।
‘हामीले तयार पारेको गुरुयोजना अनुसार पर्यटन मन्त्रालयबाट रावण पार्क निर्माण गर्न बजेट प्राप्त भै साझेदारी कार्यक्रम अन्र्तगत ठेक्का लागि सकेको छ’ बेनी नगरपालिकाका इन्जिनियर विमलरञ्जन कार्कीले भने, ‘रावण पार्क निर्माण थालनी भएसँगै नगरपालिकाले पहुँच मार्गको स्तर उन्नत गर्ने, कालोपत्रे गर्न बजेट विनियोजन गरेका छौं । अपुग बजेट संघ तथा प्रदेश मन्त्रालयमा आग्रह गरेका छौं ।’


महाभारतका मुख्य पात्र मध्यका रावणलाई राक्षस भनी घृणा गर्ने र रामलाई देवता मानी पुज्ने समाजमा रावण पार्क निर्माण थालिएपछि स्थानीयले भने पर्यटन प्रर्वद्धन भै पुलाश्रमको महत्व झन बढ्ने ठानेका छन । म्याग्दी उद्योग वाणिज्य संघका तत्कालिन अध्यक्ष प्रमोद श्रेष्ठको अगुवाईमा ०६६ सालमा बनेको रावण पार्कको अवधारणा लाई बेनी नगरपालिकाले गुरुयोजना तयार गरी कार्यान्वयन गरेको हो ।
‘सांख्य दर्शनका महामुनी कपिल देखी पुलह ऋषिले ज्ञान प्राप्त गरेको पुलाश्रम पौराणीक तपोभूमि हो । पुलह ऋषिका नाती रावणको जन्मस्थल ओझेनमा छ । गुण दोष जे भएपनि रावण हाम्रा धर्तीपुत्र हुन’ रावण पार्कका कल्पनाकार होटल ब्यवसायी प्रमोद श्रेष्ठले भने, ‘पार्क निर्माण ढिला भएपनि सुरु हुन सकरात्मक हो । यसले धार्मिक पर्यटन प्रर्वद्धन गर्ने छ । गुरुयोजना अनुसारका अन्यपूर्वाधार विस्तारै थप्दै जानसकिन्छ । जिनीक्षेत्रसंग साझेदारी बढाउन आवश्यक छ ।’
ठेक्का प्राप्तीपछि कार्यस्थलमा पुगेको निर्माण कम्पनीका इन्जिनियर सन्तोष ओझाका अनुसार रावणमुर्ति काठमाण्डौमा कुँद्न थालिएको छ । फिल्डमा बगैचा निर्माण गर्न तटवन्ध, घेरावार निर्माण सुरु भएको छ । १४ रोपनी क्षेत्रफलमा फैलिएको पुलह पुलाश्रम क्षेत्रमध्य ४ रोपनी क्षेत्रफलमा मात्र रावण पार्क बनाउन लागिएको हो ।
रावण पार्क रहने पुलाश्रमबाट धौलागिरी, निलगिरी, अन्नपूर्ण हिमश्रृखला, सूर्योदयको मनोरम दृश्यकासाथी म्याग्दी र कालीगण्डकी नदी दोभानमा अवस्थित बेनीसमेत जिल्लाका अधिकांश भुगोल तथा पर्वतको जलजला गाउँपालिका राम्रोसंग दृश्यावलोकन गर्न सकिन्छ । 

पुलाश्रममा ऋषिहरु पुलह, कपिल र जडभरतले तपस्यागरी सिद्धी प्राप्त गरेको पौराणिक मान्यता छ । पुलाश्रम सांख्य दर्शनका महामुनी कपिलको पनि तपोभूमि मानिन्छ । सदरमुकाम बेनीदेखी पश्चिम उत्तरमा करीव १५ सय मिटर उचाइमा अवस्थित तपोभुमि पुलहआश्रममा रहेको होमकुण्डमा प्राचिन चरुको अवशेष (खरानी रंगको चिम्टाइलो माटो) अझै पनि देख्न र हेर्न सकिन्छ ।
पुलस्त्य ऋषिको वास्तविक आश्रमको स्वरुप कस्तो थियो किटानसाथ भन्न सकिने आधार छैन । तर वर्षौदेखी पुलाश्रममा पुलस्त्य समेत ऋषिहरुको ढुङ्गाका आकृति कोरी पुजा गर्ने गरिएको छ । पुलाश्रम मन्दीरमा देवी–देवताको नभै ऋषिहरुको पुजाअर्चना गरिन्छ ।


‘रामलाई पुज्ने समाजमा रावणको मुर्ति राख्ने र पार्क बनाउने कुरा कसैलाई असहज लाग्न सक्छ । तर रावणको जन्मथलोको संरक्षण र प्रर्यटकीय थलोको रुपमा प्रर्वद्धन गरिनु नराम्रो कुरा हैन’ पुलाश्रम स्थित शिव तथा पुलहऋषि मन्दीरका पुजारी जगदीश सुवेदीले भने, ‘रावण पार्क बन्न लागेकोमा यहाँको समुदाय उत्साही छ । धार्मिक समुदाय पनि सकरात्मक नै छ । रावण पनि शिव भक्त भएकोले गलेश्वरधाम क्षेत्रमा रावण पार्क प्रति नकरात्मक भावना छैन ।’
पौराणीक मान्यता अनुसार लड्ढाका राजा रावणले यस स्थानमा प्रथम पटक धार्मिक पाइला टेकेका थिए । वाल्मीकि रामायणमा उल्लेख भएअनुसार असुर राज रावण पुलस्त्य मुनि (ऋषि)को नाती, विश्वश्रवाका दुई पत्नीमध्य रावण कैकसीको कोखबाट धवलागिरी पर्वतको फेदीमा अवस्थित पुलाश्रममा भएको मानिन्छ । रावणको वास्तविक नाम दशानन् हो । महादेवले रावण नाम राखिदिएका मानिन्छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल