आज:  | Sun, 03, Jul, 2022

चैत ११–१४ गते रत्नेचौरमा भलिवल र रत्यौली प्रतियोगिता हुने

४ चैत्र २०७८, शुक्रबार १२:०२ मा प्रकाशित (3 महिना अघि)
पुनहिल संवाददाता

अागामी चैत ११–१४ गतेसम्म भाइरल गाउँ बेनी नगरपालिका, १ रत्नेचौरमा तेस्रो ‘रत्नेचौर जागरण कप नगर तथा वडा स्तरीय खुल्ला भलिवल प्रतियोगिता’ संञ्चालन हुने भएको छ ।
रत्नेचौर जागरण समुहको आयोजनामा संञ्चालन हुन लागेको खुल्ला भलिवल प्रतियोगितामा प्रथम पुरस्कार ५१ हजार ५ सय ५५ सहित ट्रफि, मेडल र प्रमाण पत्र र दोस्रो हुने टिमले २५ हजार ५ सय ५५ नगदसहित ट्रफि, मेडल र प्रमाण पत्र पुरस्कार प्राप्त गर्ने छन ।
आयोजनक समितका अध्यक्ष्य मन्नु रावलका अनुसार भलिवल प्रतियोगितामा सहभागी हुन आउँदा आफ्नो नगर/गाउँपालिकाबाट वडा स्तरको टिमको शिफारिस अनिवार्य ल्याउनु पर्ने छ । प्रतियोगितामा सहभागी बन्न टिमले ४ हजार ५ सय दर्ता शुल्क तिर्नु पर्ने छ ।
त्यसैगरी सोही समयमा रत्नेचौर जागरण खुल्ला आमा समहु स्तरिय रत्यौली प्रतियोगिता पनि आयोजना गरिएको छ । रत्यौली प्रतियोगितामा पहिलो हुनेले ११ हजार १ सय ११ र दोस्रो हुने टिमले ५ हजार ५ सय ५५ पुरस्कार प्राप्त गर्ने छन । रत्यौली प्रतियोगितामा सहभागी हुन भने १ हजार दर्ता शुल्क तोकिएको छ ।