आज:  | Thu, 19, May, 2022

अरुणा राष्ट्रिय भलिबलको सद्भावना दुत

४ चैत्र २०७८, शुक्रबार २१:२८ मा प्रकाशित (2 महिना अघि)
पुनहिल संवाददाता

महिला भलिबल टिमकी कप्तान अरुणा शाही सञ्जय स्मृति राष्ट्रिय महिला बिच भलिबल प्रतियोगिताको सद्भावना दुत नियुक्त भएकी छिन ।

सञ्जय स्मृति प्रतिष्ठानले बिहीबार प्रेस विज्ञप्ति निकाल्दै अरुणालाइ सद्भावना दुत नियुक्त गरिएको जनाएको छ । प्रतियोगिता चैत २४ देखी २६ गतेसम्म आयोजना हुनेछ । प्रतियोगिता पाल्पाको तानसेनस्थित रानीमहलमा आयोजना हुनेछ ।

प्रतियोगितामा ३ विभागीय टोली आर्मी, पुलिस, एपीएफ र सात प्रदेशको टोलीको सहभागिता रहनेछ । प्रतियोगिताको विजेताले १ लाख नगद प्राप्त गर्ने छन् । यस्तै उपविजेताले ५० हजार पाउने छन् ।