- Loading...
काेराेना जाेखिम हट्याे, काेराेलामा पाहुनाको लर्को
- पुनहिल डट कम
- २ साल अघि
- ३८९ पटक पढिएको

कोरोना विरुद्धको खोपपछि संक्रमण घट्दै वातावरण सहज बनेसँगै ‘माटोको शहर’ लो मन्थाङमा यति बेला आन्तरिक पर्यटकको लर्को लागेको छ ।
स्थानीय पालिकाहरुले डोजर लगाएर कोरोला नाकासम्मै हिउँ सफागरी सडक खुलाएपछि जोडो छल्ने वेंशी झरेका मुस्ताङ्गीलाई मात्र होईन पर्यटकलाई समेत मुस्ताङको उपल्लो थलो लोमन्थाङ र कोरोलानाका पुग्न सहज भएको हो ।
आकर्षक मध्ययुगीन वस्ती लो मन्थाङ्ग, कोरोला नाका र मुस्ताङ्गका प्राचिन वस्ती हेर्न आउने पर्यटकको आगमन बढेसँगै तीन वर्षदेखी वन्द रहेका होटल, रेष्टुरेन्टहरु पाहुना सत्कार गर्न आतुर छन । असोज–मंसिर र फागुन–जेठ महिना उपल्लो मुस्ताङ भ्रमण गर्ने मुख्य सिजन हो । ८० प्रतिशत अन्तरिक पर्यटक दशैं–तिहारको वीचमा उपल्लो मुस्ताङ पुग्छन ।
‘कोरोनाको त्रास हटेपछि आन्तरिक पर्यटक फेरी वढ्ने विश्वास गरेका छौं । फागुनमै वेंसी झरेका स्थानीय भन्दा अघि आन्तरिक पर्यटक आउन थालेपछि उत्साही छौं’ लो मन्थाङका ब्यवसायी घ्युर्मि गुरुङले भने, ‘लोमन्थाङ पुग्न अव सडक पनि धेरै सहज भएको छ । सार्वजनिक यातायात सहज हुनेक्रम छ । स्थानीय पर्यटक स्वागत गर्न आतुर छौं ।’
कोरोना कहर कम भएसँगै उपल्लो मुस्ताङमा आन्तरिक पर्यटक आउन थालेसँगै सदियौं वर्ष अघि वालुवाका पहाड खोपेर निर्मित गुफामा समेत पर्यटन गेष्ट हाउस सञ्चालनमा ल्याएका छन । लोमन्थाङ गाउँपालिका, १ छोसेरमा अवस्थित सेल्तामा गुफामा स्थानीय पेमा घिर्मि गुरुङले पर्यटक बस्ने गेष्ट हाउस संञ्चालनमा ल्याएका हुन ।
‘फागुन तेस्रो सातादेखी नै लोमन्थाङ र कोरोला नाका पुग्ने आन्तरिक पर्यटक बढेका छन । अहिले प्याकेजमा गाडी बुकिङगरी पर्यटक आएका छन । बेनी–जोमसोम सडकको केही खण्डमा मर्मत जारी रहेकोले सार्वजनिक यातायातबाट ब्यक्तिगत भ्रमणमा आउन अझै सहज भैसकेको छैन’ गुफामा रेष्टुरेन्ट चलाउने ब्यवसायी पेमा घिर्मि गुरुङले भने, ‘चैत दोस्रो सातादेखी सवै यात्रुलाई मुस्ताङ र लोमन्थाङ घुम्न सहज बन्छ ।’
बालुवा नै वालुवाको सुख्खा अनौठो भुगोलले मात्र होईन, कम्युनिष्ट शासन ब्यवस्था अपनाएको चीनको स्वशासित तिब्बत सीमावर्ती लो मन्थाङ (कोरला नाका) पर्यटकका आकर्षण र कौतुहल हुन । तिब्बतसंग धर्म, भाषा, भेषभुषा, रहन–सहन, संस्कार, संस्कृति मिल्ने मुस्ताङको उपल्लो भेग लोमन्थाङ्ग भौगोलिक रुपमा पनि तिब्बती पठार प्रमुख आर्कषण हुन ।
सडक पहुँच पुगेपछि उपल्लो मुस्ताङमा स्थानीयले धमाधम आधुनिक पुर्वाधारयुक्त ठूला रेष्टुरेन्ट, होटल तथा रेष्टुरेन्ट थपेका छन । होटल ब्यवसायी समितिका अनुसार लो मन्थाङमा ३० लाखदेखी २० करोडसम्म लगानीका ३० वटा होटल छन । यी होटलमा २ सय २८ कोठामा ५ सय वेड रहेका छन । छोसेर र छोनुपमा १२ तथा चराङ र घमिमा पनि १५ बढी होटल छन ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
