- Loading...
म्यादी प्रहरीले के–के पाउँछन् सुविधा ?
- पुनहिल डट कम
- २ साल अघि
- २३५ पटक पढिएको

सरकारले स्थानीय तह निर्वाचनका लागि म्यादी प्रहरीमा १० लाख जना जनशक्ति माग गर्दै दरखास्त आह्वान गरिसकेको छ । म्यादी प्रहरीमा भर्ना हुनेका लागि यसपटक सरकारले सेवा सुविधानमा केही वृद्धि गरेको छ ।
प्रहरीका अनुसार निर्वाचनमा खटिने म्यादी प्रहरीको कार्यअवधि बढीमा ४० दिन हुनेछ । उनीहरुको तलब नेपाल प्रहरीको जवान सरह हुनेछ । उनीहरुको आधारभूत तलब मासिक २२ हजार ६८० रुपैयाँ हुनेछ भने ४० दिनको कुल तलब बैंक खातामा ३० हजार २४० रुपैयाँ जम्मा गरिने छ ।
यस्तै खाद्यान्न बापत ७ हजार २०० र पोशाक तथा अन्य सामान खरीद गर्नेगरी ६ हजार थप भत्ता उपलब्ध गराइनेछ । यसबाहेक निर्वाचनको क्रममा खटिने म्यादी प्रहरीलाई खटिएको ठाउँमा आउने जाने तयारी स्वरुप १ हजारका लागि तयारी खर्च उपलब्ध गराइने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
यस्तै बीमा लगायतका सुविधा पनि हुनेछ । म्यादी प्रहरी हुन चाहनेले चैत १३ गते आवेदन माग गरिएका सम्बन्धित प्रहरी कार्यालयमा सम्पर्क गर्नुपर्नेछ भने छनौट प्रक्रिया चैत १५, अन्तिम नतिजा चैत २२ र प्रशिक्षण सुरु चैत २८ देखि हुनेछ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
