- Loading...
म्याग्दीमा पनि माैलाउँदै क्रिप्टोकरेन्सी काराेवार
- पुनहिल डट कम
- २ साल अघि
- ३१० पटक पढिएको

प्रतिवन्धित भर्चूअल मुद्रा कारोबार म्याग्दीमा पनि फस्टाउँदो छ ।
नाम उल्लेख गर्न नचाहने एक क्रिप्टोकरेन्सी कारोबारीका अनुसार म्याग्दीमा युवा ब्यवसायी, राजनैतिक दलका अगुवाहरू, शिक्षकसमेत धेरै जना क्रिप्टोकरेन्सी कारोबारी छन । उनका अनुसार नेपाल सरकारले क्रिप्टोकरेन्सीमा प्रतिवन्ध लगाएपछि कारोबारमा केही सुस्त देखिएपनि कारोबार भैरहेके छ ।
“मैले त लगानी फिर्ता गरी डलर अम्दानी समेत गरेके छु । म्याग्दीमा पनि धेरै जना क्रिप्टोकरेन्सी कारोबारी छन” नाम उल्लेख गर्न नचाहने ति युवा कारेवारीले भने, “अहिले सरकारले रेक लगाएकेले घटेको छ ।”
नेपालले क्रिप्टोकरेन्सीको कारोबारलाई वैधता दिएको छैन। हालै नेपाल राष्ट्र बैङ्कले क्रिप्टोकरेन्सी कारोबारसम्बन्धी कुनै गतिविधिमा संलग्न नहुन सूचना जारी गरेको थियो। नेपालमा हाल भइरहेको क्रिप्टोकरेन्सीको कारोबार “प्रलोभनकेन्द्रित” रहेको बताइन्छ ।
भौतिक रूपमा देख्न वा छुन नसके पनि यसको मूल्य तोकिएको हुन्छ। यस भर्चूअल मुद्राको कुनै केन्द्रीय ब्याङ्क हुँदैन। अर्थात् यसलाई नियमन गर्ने कुनै केन्द्रीय निकाय हुँदैन। संसारभरिका कम्प्युटरहरूमा रहेको राखिएको डिजिटल रेकर्डका आधारमा यो सञ्चालन हुन्छ।
क्रिप्टोकरेन्सीको प्रयोग गरेर सरसामान किन्न वा भुक्तानी गर्न सकिन्छ। यसलाई कम्प्युटर वा मोबाइल फोनमार्फत् डिजिटल वालेटमा राख्न सकिन्छ । सबै क्रिप्टोकरेन्सी “ब्लकचेन” भनिने प्रविधिमा आधारित हुन्छन्। सन् २००९ देखि चर्चामा आएको बिटकोइन पहिलो क्रिप्टोकरेन्सी हो।
भर्चूअल मुद्रा कारोबार भने पनि म्याग्दीमा मैलाएके कारेवार हाइपर भर्स अनलाइन नेटवर्किङ बिजेनस हो। यसले वस्तु तथा सेवाको बिक्री भने गर्र्दैन। तेब्बर कमाइ हुने आश्वासन देखाएर सर्वसाधारणबाट पैसा हाल्न लगाइन्छ। हाइपर फन्ड क्रिप्टो करेन्सीजस्तै अनलाइन बिजनेस हो। परिवर्तनीय (कन्भर्टिकल) बन्ड बिक्री गरेर कुनै पनि व्यक्तिलाई सदस्य बनाउने गरिन्छ। एप डाउनलोड गरेर एकाउन्ट क्रेट गर्नुपर्छ। एकाउन्ट बनाएपछि ३ सय हेजयु (३ सय अमेरिकी डलरबराबर ३९ हजार नेपाली रुपैयाँ) लगानी गर्नुपर्छ।
हाइपर फन्ड गैरकानुनी बिजनेस हो। नेपालसहित कुनै पनि देशले यसलाई अनुमति दिएका छैनन्। तैपनि नेपालका कुनाकाप्चादेखि विश्वासका धेरैजसो देशमा हाइपर फन्डको चर्चा चुलिएको छ।
त्यो फन्ड किनेबापत कुनै पनि व्यक्तिले १ सय ८० प्रतिशत प्रतिफलसहित फिर्ता गर्ने प्रतिबद्धता गरिन्छ। नयाँ व्यक्ति सदस्य बनाएर पुरानालाई प्रतिफल दिएजस्तो गर्ने र धेरै सहभागी भएपछि सर्वसाधारण ठग्ने नियत देखिन्छ। यसमा जति बढी संलग्न हुन्छन्, उति फस्ने, लगानी डुब्ने खतरा हुन्छ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
