- Loading...
व्याख्यात्मक घोषणा भनेर दुईवटा पन्ना टाँसिदिएपछि……..
- पुनहिल डट कम
- २ साल अघि
- १६३ पटक पढिएको

‘व्याख्यात्मक घोषणा भनेर दुईवटा पन्ना टाँसिदिएपछि उहाँहरू (माओवादी केन्द्र र नेकपा एस)ले मान्नुभयो। दुईवटा पन्ना पनि एमसीसीमा सम्झौताभित्र जे छ, त्यही छ त्यहाँ। एमसीसी सम्झौताभित्र जे छ नि, एमसीसी सम्झौताभित्र इंग्लिसमा छ। व्याख्यात्मक घोषणा इंग्लिस र नेपालीमा छ । व्याख्यात्मक घोषणा भनेपछि उहाँहरूले मानिदिनुभयो, मानिदिनेलाई पनि धन्यवाद, व्याख्यात्मक घोषणा टाइप गर्ने साथीहरूलाई पनि धन्यवाद।’
गृहमन्त्री बालकृष्ण खाँणको यो अभिव्यक्ति यतिखेर सामाजिक सञ्जालमा चर्चामा छ। गृहमन्त्रीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको माओवादी केन्द्र र माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीलाई अमेरिकी सहयाेग परियाेजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुमोदन गराउने अवस्थामा पुगे? भन्नेबारेमा व्याख्या गरिरहँदा हलमा कार्यकर्ताको हाँसो गुन्जयमान हुन्छ ।
‘वास्तवमा व्याख्यात्मक घोषणामा उल्लेख भएका कुरा पहिले नै सम्बोधन भइसकेका कुरा हुन्, तथापि अंग्रेजीमा लेखिएका कुरालाई अहिले नेपालीमा उल्था गरेर व्याख्यात्मक टिप्पणी भनेर सार्वजनिक गरिएको छ,’ कांग्रेस नेता मिनेन्द्र रिजालले सार्वजनिक रूपमै भनिसकेका छन्।
१८ फागुनमा रिजालले ‘व्याख्यात्मक टिप्पणी सरकार (माओवादी केन्द्र र नेकपा एस) मा बसिरहने बाटो’ मात्र रहेको प्रतिक्रिया दिएका थिए। सोही दिन विराटनगरमा रिजालले भने, ‘व्याख्यात्मक टिप्पणीले एमसीसीलाई परिमार्जन पनि गर्दैन र अमेरिकाले यसलाई हेरेर मान्छु वा मान्दैनौं भनेर भन्नु पनि पर्दैन, कम्युनिस्ट राजनीतिबाट यहाँसम्म आइपुगेका नेताहरूको सम्मान जोगाइदिनुपर्ने भएकाले मात्र व्याख्यात्मक टिप्पणी आएको हो।’
यी त उदाहरण मात्र हो। माओवादी केन्द्र र एकीकृत समाजवादीले स्थानीय तहदेखि संघीय निर्वाचनसम्म गठबन्धन गर्ने एकतर्फी अभिव्यक्ति दिइरहेका बेला सत्तारुढ कांग्रेसका नेताहरूकाे भने एमसीसीदेखि चुनावी गठबन्धनसम्मलाई लिएर फरक फरक धारणा सार्वजनिक गरिरहेका छन्।
२७ माघको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा शेखर कोइरालाले कसैसँग गठबन्धन नगरी कांग्रेस एक्लै चुनावमा जानुपर्ने मत राखेका थिए। सो बैठकअघि माओवादी अध्यक्ष प्रचण्डलाई भेटेका कोइरालाले कांग्रेस एक्लै चुनावी मैदानमा उत्रने जनाउँदै कांग्रेसका नेता तथा कार्यकर्ताले रुखबाहेक अन्यत्र मत हाल्न नसक्ने प्रस्ट्याएर आएको जानकारी दिएका थिए।
२१ फागुनमा ‘वर्तमान परिस्थितिमा नेपाली कांग्रेसको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्न पुगेका कोइरालाले ‘यो गठबन्धन संविधानलाई विस्थापित गर्ने कोसिस भएपछि बनेको हो र यो गठबन्धन चुनावसम्मका लागि मात्र हो ।’
उपसभापति धनराज गुरुङले विराटनगरमा माओवादी केन्द्र र नेकपा एसलाई ‘हात्तीको कानमा बस्न आएको चमेरो’को संज्ञा दिँदै कांग्रेस कार्यकर्ता र मतदाताले ‘रुखमा बाहेक अन्त भोट नहाल्ने’ बताएका थिए।
‘नेपाली कांग्रेस भनेको हात्ती हो, कुकुर भुक्दै गर्दा हात्ती लम्कँदै गर्छ। तर हात्तीको ठूलो कानभित्र ओत लाग्न पाऊँ भन्दै केही चमेरा (माओवादी र नेकपा एस)हरू निवेदन दिइरहेका छन्, हात्तीको कान ठूलो छ भन्दैमा चमेरोलाई ओत दिनुपर्छ, दिन्छ भन्ने कुनै सपना नदेखे हुन्छ,’ गुरुङको यो व्यंग्य चर्चित हुन पुगेको थियो।
कांग्रेस महामन्त्री गगन थापाले पनि २७ फागुनमा चितवन पुगेर घोषणा गरे, ‘देशभरबाट ४५ लाख मत ल्याउन कांग्रेसलाई अरु पार्टीको सहारा लिनु पर्दछ भन्ने लाग्दैन, रुखलाई छाडेर अर्को चुनाव चिह्नमा भोट हाल्नु पर्दछ भन्नेतर्फ लागे हाम्रो तागतमा ठूलो ह्रास आउँछ, यो सिंगो कांग्रेसजनलाई अन्याय हुन्छ।’
२५ फागुनमा बाग्मती प्रदेश कमिटीले आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले आफूहरूमाथि ‘अपमान’ गर्ने काम भइरहेको भन्दै आक्राेश व्यक्त गरेका थिए।
‘प्रत्यक्ष निर्वाचनमा हामीभन्दा कांग्रेस १० सिट तल हो, त्यही पार्टीलाई उचालेर सिंहाशनमा लगेर राखिएको छ, अहिले उसैले हामीलाई अपमानित गर्ने? यस्तो अपमान सहन सकिन्नँ,’ प्रचण्डले आक्रोश पोख्दै माओवादीसँग एजेन्डा र मुद्दा भएकाले एक्लै लडन सक्ने क्षमता रहेको दाबी गरेका छन्।
‘मलाई प्रधानमन्त्री (देउवा)ले अब म केपी ओलीलाई प्रधानमन्त्री बनाएर भए पनि एमसीसी पास गर्छु भनेपछि मैले व्याख्यात्मक घोषणाको उपाय निकालेको हुँ,’ प्रचण्डकाे भनाइ थियाे।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
