- Loading...
मुस्ताङमा उल्टो दिशामा हावा/हुरी वहने सिजन
- पुनहिल डट कम
- २ साल अघि
- ३१६ पटक पढिएको

आर्कषक दृष्यहरु, सम्पन्न जैविक विविधतायुक्त भुगोल रहेको हिमालपारी अवस्थित मुस्ताङमा अनौठो मौषमी विशेषता छ ।
मुस्ताङ्गमा सामान्यतया अन्नपूर्ण–धौलागिरी हिमश्रखलाले छेक्ने हुँदा मुस्ताङ्गमा ९ महिना छायाबृष्टी हुने र सुख्खा चिसो हावा दक्षिणबाट उत्तर तर्फ बहने गर्छ । तर फागुन–बैशाख तीन महिना उल्टो दिसा उत्तरबाट दक्षिण तर्फ हावा चल्ने गर्छ । मुस्ताङमा हावा विहानभन्दा दिउँसो र साँझ तिव्र हुरी भै बहन्छ ।
कालीगण्डकी नदीको निरन्तर कटानले बनेको संसारको सर्वाधिक साँघुरो ‘अन्धगल्छी’ मुस्ताङमा हावा छिर्ने र झर्ने घाँटी हो । फागुन–वैशाखमा मुस्ताङको उत्तरबाट दक्षिण बग्ने हावा बेगले अन्धगल्छीको घाँटीबाट छिर्ने चिसो सुख्खा हिमाली हावालाई उत्तरी हावाहुरी भन्ने गरिन्छ ।
‘यो उत्तरी हावाहुरीको सिजन हो । तल गर्मी बढ्न थालेपछि मुस्ताङको चिसो हावा माथीबाट तल तिर लाग्छ । यो वेला अति तिब्र हावाहुरी चल्ने गर्छ’ अन्नपूर्ण गाउँपालिका, ३ दानाका गंगा पुनले भने, ‘उत्तरी हुरीको पहिलो प्रभाव दानामा पर्छ । हामीले वर्षेनी हावाहुरीले अगो फैलाउने, घर, विद्यालयका छाना उडाउने समेत कुनै न कुनै दुर्घटना ब्यहोरेका छौं ।’
हिउँदमा मुस्ताङमा बाक्लो हिमपात हुन्छ । फागुनपछि तापक्रम बढ्नेहुँदा हिमालवारी तल्लो क्षेत्रबाट तातो हावामाथी उठ्ने र हिमालपारीको चिसो गरुङ्गो हावा तल झर्ने हुन्छ । संसारको सर्वाधिक साँघुरो घाँटी ‘अन्धगल्छी’बाट बेगले छिर्ने चिसो सुख्खा हिमाली उत्तरी हावाहुरी अन्नपूर्ण गाउँपालिकाका दाना, नारच्याङ्ग, भूरुङ्ग, शिख, घार र हिस्तान क्षेत्रमा बढी असर पुर्याउने गरेको छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
