Advertisement
SKIP THIS
FLASH NEWS
  • Loading...

मुस्ताङमा उल्टो दिशामा हावा/हुरी वहने सिजन

  • पुनहिल डट कम
  • ३ साल अघि
  • ३८३ पटक पढिएको
मुस्ताङमा उल्टो दिशामा हावा/हुरी वहने सिजन

आर्कषक दृष्यहरु, सम्पन्न जैविक विविधतायुक्त भुगोल रहेको हिमालपारी अवस्थित मुस्ताङमा अनौठो मौषमी विशेषता छ ।
मुस्ताङ्गमा सामान्यतया अन्नपूर्ण–धौलागिरी हिमश्रखलाले छेक्ने हुँदा मुस्ताङ्गमा ९ महिना छायाबृष्टी हुने र सुख्खा चिसो हावा दक्षिणबाट उत्तर तर्फ बहने गर्छ । तर फागुन–बैशाख तीन महिना उल्टो दिसा उत्तरबाट दक्षिण तर्फ हावा चल्ने गर्छ । मुस्ताङमा हावा विहानभन्दा दिउँसो र साँझ तिव्र हुरी भै बहन्छ ।
कालीगण्डकी नदीको निरन्तर कटानले बनेको संसारको सर्वाधिक साँघुरो ‘अन्धगल्छी’ मुस्ताङमा हावा छिर्ने र झर्ने घाँटी हो । फागुन–वैशाखमा मुस्ताङको उत्तरबाट दक्षिण बग्ने हावा बेगले अन्धगल्छीको घाँटीबाट छिर्ने चिसो सुख्खा हिमाली हावालाई उत्तरी हावाहुरी भन्ने गरिन्छ ।

‘यो उत्तरी हावाहुरीको सिजन हो । तल गर्मी बढ्न थालेपछि मुस्ताङको चिसो हावा माथीबाट तल तिर लाग्छ । यो वेला अति तिब्र हावाहुरी चल्ने गर्छ’ अन्नपूर्ण गाउँपालिका, ३ दानाका गंगा पुनले भने, ‘उत्तरी हुरीको पहिलो प्रभाव दानामा पर्छ । हामीले वर्षेनी हावाहुरीले अगो फैलाउने, घर, विद्यालयका छाना उडाउने समेत कुनै न कुनै दुर्घटना ब्यहोरेका छौं ।’
हिउँदमा मुस्ताङमा बाक्लो हिमपात हुन्छ । फागुनपछि तापक्रम बढ्नेहुँदा हिमालवारी तल्लो क्षेत्रबाट तातो हावामाथी उठ्ने र हिमालपारीको चिसो गरुङ्गो हावा तल झर्ने हुन्छ । संसारको सर्वाधिक साँघुरो घाँटी ‘अन्धगल्छी’बाट बेगले छिर्ने चिसो सुख्खा हिमाली उत्तरी हावाहुरी अन्नपूर्ण गाउँपालिकाका दाना, नारच्याङ्ग, भूरुङ्ग, शिख, घार र हिस्तान क्षेत्रमा बढी असर पुर्‍याउने गरेको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल