आज:  | Tue, 28, Jun, 2022

म्याग्दीमा कांग्रेसको चुनावी अभियान सुरु

२९ फाल्गुन २०७८, आईतवार १९:२८ मा प्रकाशित (3 महिना अघि)
पुनहिल संवाददाता

कांग्रेस म्याग्दीमाले स्थानीय तह निर्वाचन लक्षित एक महिने अभियान सुरु भएको छ ।
आइबातरदेखि सुरु भएको एक महिने जागरण अभियान कार्यक्रमको पुर्व राज्यमन्त्री तथा कांग्रेस केन्द्रीय सदस्य चम्पादेवी खड्काले उद्घाटन गरिन । उनले स्थानीय तहको निर्वाचनमा कांग्रेसका उम्मेद्धारलाई जिताउन हरेक गाउँ, टोल र हरेक घरमा जानुपर्नेमा भन्दै आन्तरिक गुटबन्दी विर्सिन अाग्रह गरिन । 

कार्यक्रममा कांग्रेस म्याग्दीका जिल्ला सभापति खमबहादुर गर्बुजा ‘खम्बिर’ले चुनावलाई लक्षित गरेर ७ फागुनदेखि नै जागरण अभियानको योजना बनाएको बताए ।  जिल्लामा संयोजक सहितको टोलीले हरेक टोल,वडा ,पालिकामा पुगेर आफ्नो जिम्मेवारी पुरा गर्न निर्देशन दिएका छन ।