आज:  | Fri, 24, Jun, 2022

पत्रकार शर्माद्धारा छोरीको स्मृतिमा अक्षयकोष स्थापना

२७ फाल्गुन २०७८, शुक्रबार १९:५३ मा प्रकाशित (3 महिना अघि)
पुनहिल संवाददाता

म्याग्दीका पत्रकार धु्रबसागर शर्माले हालै दिवंगत भएकी छाेरी  विनिताकाे स्मृतिमा बेनी नगरपालिका, २ बगरफाँट स्थित सरस्वती अाधारभुत विद्यालयमा  एक लाख रूपैयाँकाे अक्षय काेष स्थापना गरेका छन । 

मालिका गाउँपालिका, ७ विम स्थित किसानी क्याम्पसमा विएस्सी कृषी अध्ययनरत पत्रकार शर्माकी माइली छाेरी २१ बर्षिया विनिताकाे अान्द्राकाे क्यान्सरबाट ०७८ फागुन १० गते भरतपुर क्यान्सर अस्पतालमा अल्पायुमै मृत्यु भएकाे थियाे । 

अक्षय काेषकाे रकम एक लाख नगद शुक्रवार शर्मा दम्पत्ति ध्रुवसागर र अम्बिका शर्माले एक कार्यक्रम विच विद्यालयलका प्रध्यानध्यापक छेमप्रसाद गर्वुजा र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चित्रबहादुर घिमिरेलाइ संयक्त हस्तान्त्रण गरे । 

“छोरीको उपचारका लागि मेरा आफन्त, छिमेकी, सहकर्मी, संघ संस्था, पुर्व विद्यार्थी, छोरीका साथीहरुबाट २२ लाख ८० हजारबढी सहयाेग प्राप्त भएकोमा उपचारपछि बचेकाे ६३ हजारमा हामीले थप गरी छाेरीकाे स्मृतिमा अक्षय काेष बनाएका हाैं ” शर्माले भने  “छाेरीले थप अध्ययन गर्न नसकेपनि गरिव तथा विपन्न समुदायका बालबालिका अध्ययनरत विद्यालयका वालबालिकालाइ अध्ययनमा सहयाेग पुर्याउन सकाेस भन्ने ठानेका छाैं।”