आज:  | Sat, 25, Jun, 2022

दानामा खुकुरी प्रहारबाट घाईते, थप उपचारकालागी पाेखरा रिफर

२६ फाल्गुन २०७८, बिहीबार १६:२९ मा प्रकाशित (3 महिना अघि)
पुनहिल संवाददाता

गंगा पुन, दाना
अन्नपूर्ण गाउँपालिका, ३ दानाको सुवामा स्थानीय ४० बर्षिय दीर्गबहादुर पुनले बुधवार राती अन्दाजी ११ बजे छिमेकी रामु पुनको टाउकोमा खुकुरी प्रहार गरी घाईते बनाएका छन ।
घाईतेको बेनी अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारकालागी पोखरा रिफर गरिएको बेनी अस्पतालले जनाएको छ ।
मुख नवोल्ने, कान नसुन्ने तर सवै काम गर्न सक्ने दीर्गबहादुरले मदिरा सेवनपछि खुकुरी ल्याएर रामुको टाउकोमा प्रहार गरेका थिए । विवादको विषय खुलेको छैन । घट्नामा संलग्न पुनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।