- Loading...
सगरमाथा चढ्न अाज सगरमाथा तर्फ जाँदै म्याग्देली चेली दीया पुन
- पुनहिल डट कम
- ३ साल अघि
- ३८८ पटक पढिएको

विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणको तयारीमा रहेकी अभिनेत्री दीया पुन अाज वुधवार सगरमाथा तर्फ लाग्दै छिन । पुनलाइ उनी संलग्न फिल्म ‘मन्त्र’ टिमले शुभकामना दिदै विदाई गरेको छ ।
‘मन्त्र’मा दीयाले मुख्य भूमिका निर्वाह गरेकी छन् । मंगलबार राजधानीमा एक कार्यक्रम आयोजना गर्दै ‘मन्त्र’ टिमले दीयालाई विदाई गरेको हो ।
पुनकाे आरोहणमा किर्तिमानी आरोही निर्मल पूर्जा र मिङ्मा शेर्पाले साथ दिनेछन । एलिट एक्सिपिडिसन दल मार्फत दीयाले आरोहण गर्न लागेकी हुन् । मौसमले साथ दिएमा दीयाले ६ अप्रिलमा सगरमाथा (८,८४८.८६ मि) चुचुरो चुम्नेछिन । दीयाले यसअघि अर्जेन्टिनाको माउन्ट ओकुनकागवा (६,९६१ मि) र विश्व कै आठौँ अग्लो हिमाल मनास्लु (८,१६३ मि)को सफल आरोहण गरिसकेकी छन् ।
सगरमाथा आरोहणको उत्सुकताबारे उनले अगाडि भनिन्, ‘सामागाउँमा चलचित्र छायाँकन गर्ने क्रममा बिहान मनास्लु हिमाल प्रष्ट देखिन्थ्यो । त्यतिबेला हिमाल चढ्छु भनेर सोचेकी थिइनँ । अब सगरमाथा चढ्ने कोसिस गर्दैछु ।’
दीया पुन अभिनित फिल्म ‘मन्त्र’ मनास्लुको आधार शिविर (४८०० मि) आसपासमा छायांकन गरिएको थियाे । फिल्ममा दीयासँगै बुद्धी तामाङ, नमिता घिसिङ र वीरबहादुर लामाको पनि मुख्य भूमिका छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
