- Loading...
सामूहिक विष सेवन : परिवारकै औंठाछापसहित सुसाइड नोट
- पुनहिल डट कम
- २ साल अघि
- १५१ पटक पढिएको

काठमाडौंको नागार्जुन–६ रामकोट डाँडापौवामा भएको सामूहिक विष सेवन घटनामा तीन दिनअघि नै सुसाइड नोट तयार पारेको खुलेको छ । सोमबार राति प्रधान परिवारका ५ जनाले विष सेवन गरेका थिए, एक जनाको मृत्यु भएको छ ।
काठमाडौं–१५ डल्लु स्थायी घर भएका प्रधान परिवार रामकोटमा डेरा बस्दै आएका थिए । घटनामा ३८ वर्षीय भीममान प्रधान, उनकी ६२ वर्षीया आमा इन्दिरामाया, ३५ वर्षीया श्रीमती मन्दिरा प्रधान, ११ वर्षीया छोरी सुप्रिना र ३३ वर्षीय भतिज सुवर्णमान प्रधानले सोमबार राति विष सेवन गरेका थिए ।
विष सेवनअघि सुवर्णले आफूहरूले ‘आत्महत्या गर्न लागेको’ भन्दै केही आफन्तलाई ‘सुसाइट नोट’ पठाएको खुलेको छ । त्यसको केही समयमै आफन्त र प्रहरी डेरामा पुग्दा इन्दिरामाया, भीममान र सुप्रिया एउटा कोठामा, मन्दिरा र सुवर्णमान छुट्टाछुट्टै कोठामा बेहोस भेटिएका थिए ।
प्रहरीले तत्काल मनमोहन मेमोरियल अस्पताल सीतापाइला पुर्याए पनि सुवर्णमानको मृत्यु भएको थियो । बाँकी चार जनाको सोही अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेश मैनालीले बताए ।
प्रहरीले घटनास्थलबाट औंठाछाप सहितको ७ पेज लामो सुसाइड नोट बरामद गरेको छ । भीममानको कोठामा भेटिएको नोटमा आफू ‘दुनियाँदेखि नै दुःखी र पीडित’ भएको उल्लेख गरेका छन् । आफूले ५/६ वर्षदेखि डिप्रेसनको औषधि सेवन गरिरहेको समेत उनले खुलाएका छन् । इन्दिरामाया क्यान्सरपीडित र सुवर्णमान पनि दीर्घरोगी भएको खुलेको छ । डिप्रेसनमा रहेको, कमजोर आर्थिक अवस्था र बिरामी परिवारका सदस्यको हेरचाह गर्नुपर्ने कारण भीममान तनावमा रहेको हुन सक्ने प्रहरीको भनाइ छ ।
उनकी श्रीमती मन्दिरा ब्रिटिस गोर्खा बचत तथा ऋण सहकारी संस्थामा रकम संकलनकर्ताका रूपमा काम गर्थिन् । सदस्यबाट उठाएको करिब ७ लाख रुपैयाँ हिनामिना भएको भन्दै सहकारी व्यवस्थापकले आरोप लगाएपछि दुई पक्षबीच खटपट सुरु भएको थियो ।
सुसाइड नोटमा सहकारीले मानसिक यातना दिएको उल्लेख गर्दै संस्थाका ५/६ जना कर्मचारीको परिचय र मोबाइल नम्बर पनि छ । ‘सामूहिक आत्महत्या गर्दै छौं । हाम्रो मृत्यु भइसकेपछि कसैले नोट भेटाउँदा नच्याती सुरक्षित राखिदिनू’ भनेर लेखिएको नोटमा भीममान दम्पतीले हस्ताक्षर गरेका छन् भने अन्यको औंठाछाप छ । *इकान्तिपुरबाट

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
