आज:  | Fri, 24, Jun, 2022

नेपाल बुद्धिजीवी परिषद म्याग्दीको अध्यक्षमा गाेरखनाथ सुवेदी

२५ फाल्गुन २०७८, बुधबार ०५:५९ मा प्रकाशित (3 महिना अघि)
पुनहिल संवाददाता

नेपाल बुद्धिजीवी परिषद जिल्ला कार्यसमिति म्याग्दीको छैटौं जिल्ला अधिवेशनबाट गोरखनाथ सुवेदी अध्यक्ष निर्वाचित भएका छन ।

अधिवेशनबाट उपाध्यक्षमा श्रीधर सुवेदी, सचिवमा नारायण पौडेल, कोषाध्यक्षमा विष्णुकुमारी रोका, सहसचिवमा हिराबहादुर बरुवाल र कृष्णकला सुवेदी चयन भएका परिषदले जनाएकाे छ।

यसैगरी परिषदको कार्यसमिति सदस्यहरुमा किसन पुन, भगवान कार्की, भगवान ढुङ्गाना, दिर्घबहादुर खड्का, विनोद केसी, बिमल बरुवाल, खगेश्वर रिजाल, टेकप्रसाद सुवेदी, कर्णबहादुर खत्री र श्यामबाबु सिंह चयन भएका छन ।
अधिवेशनको बुद्धिजीवी परिषदका केन्द्रीय उपाध्यक्ष तथा गण्डकी प्रदेश इन्चार्ज विधान आचार्य र प्रतिनिधि सभा सदस्य एवं नेकपा एमालेका केन्द्रीय सदस्य भूपेन्द्रबहादुर थापाले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।