Advertisement
SKIP THIS
FLASH NEWS
  • Loading...

अमेरिकाका २ वैज्ञानिक रुसको क्याप्सुलमा कैद

  • पुनहिल डट कम
  • ३ साल अघि
  • ७६२ पटक पढिएको
अमेरिकाका २ वैज्ञानिक रुसको क्याप्सुलमा कैद

अमेरिकाका २ जना वैज्ञानिक भने रुसको राजधानी मस्कोमा एउटा क्याप्सुलमा बन्द छन् । यी वैज्ञानिकहरु नासाको ८ महिना लामो स्पेस एक्सपेरिमेन्टमा सहभागी छन् । एकातिर अमेरिकी नागरिक सक्दो छिटो रुस छाड्ने प्रयासमा छन् । अर्कोतिर यी दुईलाई स्थितिको गम्भीरताको कुनै जानकारी छैन ।

खासमा नासाले एउटा एक्सपेरिमेन्ट गरिरहेको छ । यसको नाम सिरियस २१ हो । यसको उद्देश्य अन्तरिक्ष यात्रीहरुको वास्तविक अनुभव जान्नु हो । यो एक्सपेरिमेन्टमा सहभागी ६ जना वैज्ञानिक यो क्याप्सुलमा बन्द छन् । यीमध्ये २ जना अमेरिकी वैज्ञानिक विलियम ब्राउन र एशले कोभाल्स्की हुन् । यिनीहरुसँग ३ जना रुसी नागरिक र एक जना युएइका नागरिक पनि क्याप्सुलमा बन्द छन् ।

नासाको एक मिशनअनुसार यी वैज्ञानिक नोभेम्बरमा क्याप्सुलभित्र गएका थिए । यिनीहरु आगामी जुलाइसम्म क्याप्सुलभित्रै रहनेछन् । उनीहरुसँग बाहिरी संसारसँग सम्पर्क गर्ने एउटा मात्र माध्यम छ, इलेक्ट्रोनिक पत्रको माध्यमबाट । एक्सपेरिमेन्टमा सहभागी एक कोअर्डिनेटरद्वारा यी पत्र एक सुरक्षित सर्भरमा अपलोड गरिन्छ ।

 

यतिबेला अमेरिकाले रुसी विमानका लागि आफ्नो एयरस्पेस पनि बन्द गरिदिएको छ जसका कारण कुनै रुसी विमान अमेरिका जान पनि पाउँदैनन् । पुटिनले अहिलेसम्म यसको जवाफ दिएका छैनन् । यदि जवाफमा पुटिनले अमेरिकी विमानका लागि रुसी एयसस्पेस बन्द गरिदिए भने रुस छाडेर जान चाहेका अमेरिकी नागरिक संकटमा पर्नेछन् । *अन्य अनलाइनबाट साभार ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल