- Loading...
नेपाल निजामती कर्मचारी संगठनको अध्यक्षमा केसी
- पुनहिल डट कम
- २ साल अघि
- ३२१ पटक पढिएको

नेपाल निजामती कर्मचारी संगठन म्याग्दीको अध्यक्षमा सोम बहादुर केसीकाे अध्यक्षतामा २१ सदस्यीय जिल्ला समिति गठन भएकाे छ ।
मंगलबार बेनीमा आयोजित संगठनको एघारौ जिल्ला अधिवेशनबाट उपाध्यक्ष महिलामा तेज कुमारी थापा, उपाध्यक्ष खुल्लामा भोलानाथ आचार्य, सचिवमा सागर सुवेदी, सहसचिवमा कलादेवि रिजाल र कोषाध्यक्षमा प्रकाश सुवेदी निर्वाचित भएका छन ।
कार्यक्रमको उद्घाटन गर्दै प्रतिनिधि सभा सदस्य भूपेन्द्र बहादुर थापाले निजामती कर्मचारी संगठन कर्मचारीहरुको हितका लागि काम गर्ने एकमात्र संगठन भएको उल्लेख गर्दै निजामती अस्पताल निर्माण, कर्मचारी पोसाक भत्ता उपलब्ध गराउने, दुर्गम भेगका कर्मचारीलाई थप भत्ताको व्यवस्था गर्ने लगाएतका एजेण्डा यहि संगठनले सफल बनाएको दावी गरे । थापाले म्याग्दीका चार पालिका दुर्गममा परेकाे र साेही अनुसार दुर्गम भत्ता अाउने प्रकृयामा रहेका पनि बताए ।
कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठन म्याग्दीका अध्यक्ष लेख बहादुर हमाल, निजामती कर्मचारी संगठन म्याग्दीका पूर्व अध्यक्ष याम बहादुर चोखाल, शिक्षक संगठनका निवर्तमान अध्यक्ष जयराम सुवेदी, संगठनका मंगला गाउँपालिका अध्यक्ष राजेन्द्र आचार्य लगाएतले मन्तव्य राखेका थिए । कार्यवाहक अध्यक्ष चित्रनाथ शर्माको अध्यक्षता, लिला गौतमको स्वागत र सोम बहादुर केसीको संञ्चालन रहेकाे थियाे ।