FLASH NEWS
  • Loading...

म्याग्दीमा नारीले एकजुट भएर हैन, फुटेर मनाए ११२ औँ अन्तर्राष्ट्रिय नारी दिवस

  • पुनहिल डट कम
  • २ साल अघि
  • २४१ पटक पढिएको
म्याग्दीमा नारीले एकजुट भएर हैन, फुटेर मनाए ११२ औँ अन्तर्राष्ट्रिय नारी दिवस

आज ११२ औँ अन्तर्राष्ट्रिय नारी दिवस ‘सामाजिक न्याय र लैङ्गिक समानता, दिगो विकासको सुनिश्चितता’ भन्ने नारा लगाउँदै तर पार्टी, एनजिअाे, गुट र फुटबाट ग्रसित म्याग्दीका महिलाहरूले अा-अाफ्नाे चरित्र अनुसार विभिन्न स्थानमा छुट्टाछुट्टै कार्यक्रम गरी मनाइएकाे छ ।  

म्याग्दीकाे बेनीमा गैर सरकारी संस्था महासंघ म्याग्दी र जिल्ला समन्वय समितिको समन्वय तथा बेनी नगरपालिकाको आयोजनामा प्रभात फेरी गरी जिल्ला समन्वय समितिकाे सभाहलमा पुगी ८ मार्च र अन्तर्राष्ट्रिय नारी दिवस तथा नेपाली महिला अान्दाेलनकाे याेगदानकाे चर्चा गरिनुकाेसाथै अासन्न स्थानीय तह निर्वाचनमा महिला नेतृत्वलाइ छान्नु पर्ने विषयमा वक्ताहरूले अा अाफ्ना धारणा राखे ।

बेनीकाे कार्यक्रमकी मुख्य अतिथी रहेकी गण्डकी प्रदेश सभा सदस्य एवँ पूर्व सामाजिक विकास मन्त्री नरदेवि पुनले शिक्षा आर्जन र आर्थिक समृद्धिले महिलाकाे क्षमता बृदी गराउने बताउँदै आसन्न स्थानीय तहको निर्वाचनमा पालिका उपप्रमुखमा मात्र सिमित नभै प्रमुखकै भूमिकामा महिलालाई अगाडि सर्नु पर्ने बताइन । 

त्यसैगरी मालिका र मंगला गापामा पनि महिला दिवस विविध कार्यक्रम गरी मनाइएकाे छ । बेनीमा एमाले अावद्ध अनेमसंघ, मानवअधिकार एलायन्स, सामुदायीक वन उपभाेक्ता महासंघ समेत विभिन्न राजनैतिक दल अावद्ध महिला संगठनहरूले पनि छुट्टाछुट्टै नारी दिवस मनाएका छन । तर नारी दिवसलाइ पनि साझा कार्यक्रम बनाउन नसक्ने संकिर्ण राजनैतिक चेतले महिला अान्दाेलनलाइ कमजाेर पारीरहेकाे छ ।

नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर नारी दिवस मनाउन थालिएको हो । सन् १९७५ मा संयुक्त राष्ट्रसङ्घले मार्च ८ लाई अन्तर्राष्ट्रिय नारी दिवसका रुपमा घोषणा गरेको हो । नेपालमा संविधानले लैङ्गिक आधारमा कुनै पनि महिलामा कुनै किसिमका असमान ब्यवहार हुन नदिने प्रष्ट उल्लेख गरेको छ ।

जनसंख्याको हिसाबले आधा धर्ती ओगट्ने महिलाको अवस्था नाजुक रहेको विभिन्न परिसूचक तथा तथ्याङ्कहरुले देखाउँछ । लैङ्गिक विभेदका आधारमा रहेका यस्ता किसिमका अनगिन्ती असमानता हटाउन समाजमा लैङ्गिक न्याय र समानता कायम गर्न नेपालले अनेकौँ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिबद्धताहरु जनाएको पनि छ ।

तर महिलाविरुद्धको शोषण, असमानता, विभेद अन्त्य भइसकेको छैन । त्यसैले प्रत्येक वर्ष नारी दिवस मनाइरहँदा वास्तविक शोषित, पीडित महिलाका आधारभूत सवालहरुमा दिवसले के ग-यो भन्ने गम्भीर रुपमा उठ्ने गर्छ ।